विराटनगरमा दुई सय मेट्रिकटन सुन्तला भित्रन्छ

<span class='c1'>विराटनगरमा दुई सय</span> <span class='c2'>मेट्रिकटन सुन्तला भित्रन्छ</span>

इशु पन्त
विराटनगर । हिउँद सुरु भएदेखि विराटनगरको ठेला तथा फलफूल पसलमा प्रशस्तै सुन्तला देखिन्छन् ।

विराटनगरमा भट्टीमोड, नयाँ गुद्री र पुरानो गुद्रीमा फलफूल केन्द्र रहेको छ। विराटनगर महानगरपालिका कृषि महाशाखा प्रमुख खगेन्द्र तिमिल्सिनाका अनुसार धनकुटा, तेह्रथुम, खोकु, संखुवासभा र भोजपुरबाट विराटनगरमा आऊने गरेको छ। उनका अनुसार आर्थिक वर्ष २०८०/०८१ मा १९२ मेट्रिकटन सुन्तला विराटनगरमा भित्रिएको हो । चालु आर्थिक वर्षमा २०५ मेट्रिकटन सुन्तला बजारमा भित्रने अनुमान गरिएको छ । अहिले कार्तिकदेखि सय मेट्रिकटन सुन्तला विराटनगर आइसकेको छ।

विराटनगर ९ शम्भु फलफूल पसलका शम्भु साहका अनुसार धनकुटाको खोकु, छिन्ताङ्ग, बुढी मोरङ ,मंगलबारे र भोजपुरबाट आऊने गरेको छ। अहिले मंसिरमा भने धनकुटाको खोकछिन्ताङ र बुढी मोरङबाट आऊने गरेको छ। सुन्तलाको मौसम सकिन आँटेपछि भोजपुरको सुन्तला आउँछ। जुन अरु ठाउँमा फालेका सुन्तला भन्दा निकै रसिलो र कसिएको हुँदा निकै स्वादिष्ट हुँदा माग पनि बढी हुने शाह बताउँछन् । उनका अनुसार ५० रुपैयाँ केजी देखि १२० रुपैयाँसम्म ग्रेडिङ अनुसार बिक्री हुने बताएका छन्।

सुन्तला बगैंचाबाट राति टिपेको फल बिहान आइहाल्ने हुँदा विराटनगरमा पाइने सुन्तला निकै गुणस्तर भएको बताउछन्। उनका अनुसार दैनिक १० देखि १२ क्विन्टल कारोबार हुने बताउँछन् । उनका अनुसार पुस र माघमा सुन्तलाको बजारमा अझै बढी माग हुन्छ। तर यसपाली उत्पादनमा कमी भएको कारण माग बढी हुने देखिएको छ। गुद्री व्यवस्थापक समिति सचिव अमध साईबा का अनुसार विराटनगरमा खुल्ला बजार भएको कारण मूल्य तोकेर धाँधली नहुने बताउँछन् । जसले गर्दा ग्राहक र कृषकलाई निक्कै फलदायक हुने बताउँछन् । उनका अनुसार व्यापारी आफैं आएर सुन्तला बेच्ने हुँदा मूल्यमा कुनै पनि तलमाथि नभएको बताउँछन । कृषक आफै गाडीमा फल ल्याएर बेचेर पैसा उठाएर लाने गरेको छ । कृषकले गद्दी वालालाई २ देखि ५ प्रतिशत मुनाफा दिने गरेको छ।

फलफूल पसल व्यापारी पंकज महतोका अनुसार आफूले दैनिक २५ देखि ३० किलो सुन्तला खरिद गरेको बताउँछन् । उनका अनुसार पसल दुई महिनादेखि सञ्चालन गरेको हुँदा व्यापारको परीक्षण समयमा नै पिक्का भएको बताउँछन् । उनका अनुसार ठेलामा फलफूल बेच्दै हिँडेकाले पसल भाडा तिर्नु नपर्दा पसले भन्दा सस्तोमा बेच्ने गरेको हुँदा बढी ग्राहकले ठेलामा किन्ने गर्छन। पार्किङमा पनि समस्या नभएकाले सवारीसाधन मै बसेर खरीद गरिने हुँदा सबै फलफूल पसलहरु मर्कामा परेको छन । तर, ग्राहकलाई सस्तोमा बेच्ने प्रतिस्पर्धाले ठेलामा बेच्नेले तौलिदा डिजिटल तराजु नभएकाले त्रुटि देखिन सकिने हुँदा विशेष ध्यान आग्रह गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्