एनपिएलः पोखरा एभेन्जर्स र विराटनगर किंग्स, काठमाडौं र जनकपुर भिड्दै

<span class='c1'>एनपिएलः पोखरा एभेन्जर्स र विराटनगर</span> <span class='c2'>किंग्स, काठमाडौं र जनकपुर भिड्दै</span>

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) मा बिहीबार पनि दुई खेल हुनेछन् ।

एनपिएलमा आजको पहिलो खेल पोखरा एभेन्जर्स र विराटनगर किंग्सबीचमा हुदैँछ । कीर्तिपुरस्थित टियु मैदानमा पहिलो खेल बिहान ९ बजे सुरु हुनेछ ।
दुवै टोली पाँचौ खेल खेल्दै गर्दा दोस्रो जितको खोजीमा रहेका छन् । आजको खेलमा पराजित हुने टोली प्रतियोगिताबाट बाहिरिने दोस्रो टोली बन्नेछ ।लुम्बिनी लायन्स बुधवार प्रतियोगिताबाट बाहिरिने पहिलो टोली बनेको थियो ।

पहिलो खेलमा चितवन र दोस्रो खेलमा जनकपुरसँग पराजित पोखराले तेस्रो खेलमा लुम्बिनीमाथि जित हात पारेको थियो । तर, पाँचौ खेलमा कर्णाली याक्ससँग हार बेहोरेको थियो । सुरुवाती दुवै खेल हारेको विराटनगरले भने तेस्रो खेलमा जित हात पारेका थिए । विराटनगर पहिलो खेलमा जनकपुर बोल्ट्स र अर्कोमा सुदूरपश्चिमसँग पराजित भएको थियो । तेस्रोमा टोलीले लुम्बिनीलाई हराएको थियो । चौथो खेलमा कर्णालीसँग पराजित भएको थियो ।

यस्तै, आज दोस्रो खेल काठमाडौं गुर्खाज र जनकपुर बोल्ट्सबीच हुदैँछ । खेल दिउँसो १ बजे सुरु हुनेछ । ५ खेलमा ४ जित र १ हारका ब्यहोरेको जनकपुरले आजको खेल पनि जित्ने हो भने लिग चरणको एक खेल अगावै प्लेअफमा स्थान सुरक्षित गर्ने टोली बन्ने छ । जनकपुरले विराटनगर, कर्णाली याक्स, लुम्बिनी र पोखरालाई पराजित गरेको थियो । तर, पछिल्लो खेलमा सुदूरपश्चिम रोयल्ससँग भने पराजित भएको थियो ।

४ खेलमा २ मा हार र २ मा जितका साथ काठमाडौं तालिकाको पाँचौ स्थानमा छ । यो खेलमा जित हासिल गरे काठमाडौंले प्लेअफको सम्भावना बलियो बनाउँन सक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्