नेपाल प्रिमियर लिगमा विराटनगर किंग्सले चितवन राइनोजलाई १८२ रनको लक्ष्य प्रस्तुत गरेको छ। टियु क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको विराटनगरले निर्धारित ओभरको खेलमा ५ विकेटको क्षतिमा १८१ रन बनाएको हो।
विराटनगरका लागि बसिर अहमदले अर्धशतकीय पारी खेले। ४४ बलमा उनले ४ चौका र ४ छक्कासहित ६८ रन अविजित रहे। त्यस्तै राजेश पुलामी मगर ३३ रनमा अविजित रहे।
२० बलमा उनले १ चौका र ३ छक्का प्रहार गरे। त्यस्तै मार्टिन गुप्टिलले ४५ रन बनाए । अन्य खेलाडीले दोहोरो अंकको रन जोड्न सकेनन्। चितवनका लागि रिजन ढकालले २ विकेट र सोहिल तनवीर, बसिल हमिद र कुशल मल्लले १ विकेट लिए।
कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १८१ रन बनाएको हो ।
एनपीएलमा आफ्नो पहिलो अर्धशतक बनाएका बसिरले अविजित ६८ रन जोडे । उनले ४४ बल खेल्दै समान ४ चौका र छक्का प्रहार गरे । यस्तै राजेश पुलामी मगरले अविजित ३३ रन बनाए । मार्टिन गप्टिलले ४५ रन बनाए ।
कमजोर सुरुवात गरे पनि इनिङ्सको अन्तिममा आक्रमक बनेको विराटनगरले अन्तिम चार ओभरमा ६९ रन बनाएको थियो । कुनैबेला १० रनमै ३ विकेट गुमाएको विराटनगर ३३-४ को अवस्थामा थियो । तर बसिर र मार्टिन गप्टिलले पाँचौ विकेटका लागि ६५ रनको महत्वपूर्ण साझेदारी गरे ।
ओपनर लोकेश बम र वान डाउनमा आएका दिपक बोहरा पहिलो ओभरमै आउट भएका थिए । स्कट एडवार्ड्स दोस्रो ओभरमा आउट भए । निकोलस किर्टोन सातौं ओभरमा आउट भएपछि विराटनगरको इनिङ्स सुरुमै धर्मराएको थियो । तर गप्टिल र बसिरले अर्धशतकिय साझेदारी गर्दै विराटनगरको स्कोर उकासले ।
बसिरले राजेश पुलामीसँग मिलेर छैटौं विकेटका लागि अविजित ८३ रनको अर्को अर्धशतकिय साझेदारी गरे ।