ग्रामी अवार्ड विजेता भारतीय तबलावादक हुसैनको निधन

<span class='c1'>ग्रामी अवार्ड विजेता भारतीय</span> <span class='c2'>तबलावादक हुसैनको निधन</span>

नयाँ दिल्ली । ग्रामी अवार्ड विजेता भारतीय तबलावादक उस्ताद जाकिर हुसैनको आइतबार निधन भएको छ । उहाँको ७३ बर्षको हुनुहुन्थ्यो ।

स्वास्थ्यमा समस्या देखिएपछि उहाँलाई संयुक्त राज्य अमेरिकाको सान फ्रान्सिस्कोको एक अस्पतालमा भर्ना गरिएको थियो ।

हुसेनको सान फ्रान्सिस्कोको एक अस्पतालमा उपचारका क्रममा निधन भएको उहाँको पारिवारिक स्रोतले पुष्टि गरेको छ ।

एक शिक्षकको रूपमा उहाँको कामले अनगिन्ती संगीतकारहरूमा अमिट छाप छोडेको छ । उहाँले भावी पुस्तालाई अगाडि बढ्न प्रेरित गर्नुभएको छ ।

उहाँ भारतीय सांस्कृतिक विरासत बोकेको महान संगीतकार हुनुहुन्थ्यो ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, विपक्षी नेता राहुल गान्धीलगायतका नेताले प्रसिद्ध तबलावादक उस्ताद जाकिर हुसेनको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ ।

उहाँप्रति श्रद्धा प्रकट गर्दै प्रधानमन्त्री मोदीले सामाजिक सञ्जाल एक्समा शेयर गरेको पोस्टमा भनिएको छ, “उहाँ एक सच्चा प्रतिभाशाली व्यक्ति हुनुहुन्थ्यो । उस्ताद जाकिर हुसेनले भारतीय शास्त्रीय संगीतको दुनियाँमा क्रान्ति ल्याउनुभएको थियो । देशले उहाँ र उहाँको सङ्गीतप्रतिको योगदानलाई सधैँ सम्झिरहनेछ।" रासस/एएनआई

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्