एनपीएल : लिग चरणका खेल सकिएसँगै आज ब्रेक

<span class='c1'>एनपीएल : लिग चरणका</span> <span class='c2'>खेल सकिएसँगै आज ब्रेक</span>

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को लिग चरणका खेल सकिएसँगै आज कुनै खेलको तालिका छैन्।

बुधबार इलिमिनेटर र पहिलो क्वालिफायरका दुई खेल हुँदै छन्।

बुधबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा इलिमिनेटर खेल चितवन राइनोज र कर्णाली याक्सबीच बिहान ९ बजे सुरु हुनेछ। अंक तालिका अनुसार चितवन तेस्रो स्थानमा रहेको छ भने चौथो स्थानमा कर्णाली छ । समान आठ अंक भए पनि काठमाडौं गुर्खाज भने रनरेटका आधारमा प्लेअफबाट बाहिरी सकेको छ। कर्णालीका कप्तान सोमपाल कामी र चितवनका कप्तान कुशल मल्ल ।

त्यस्तै बुधबारको पहिलो क्वालिफायरमा सुदूरपश्चिम र जनकपुरको भिडन्त हुनेछ। सुदूरपश्चिम सात खेलमा १२ अंकसहित शीर्ष स्थानमा रहँदै पहिलो क्वालिफायरमा पुगेको छ। सुदूरपश्चिम र १० अंकसहित तालिकाको दोस्रो स्थानमा रहेको छ । यो खेल बुधबार दिउँसो १ बजे सुरु हुनेछ।
जनकपुरमा कप्तान अनिल शाह र सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरी।

फोटो:फाइल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्