एनपिएल : कर्णालीले दियो चितवनलाई १७६ रनको लक्ष्य

<span class='c1'>एनपिएल : कर्णालीले दियो</span> <span class='c2'>चितवनलाई १७६ रनको लक्ष्य</span>

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) आजको पहिलो इलिमिनेटरमा कर्णाली याक्सले चितवन राइनोजलाई १७६ रनको लक्ष्य दिएको छ ।

चितवन राइनोजविरुद्ध टस हारेर पहिला ब्याटिङ गरेको कर्णालीले निर्धारित ओभरमा ६ विकेट गुमाएर १७५ रन बनाएको हो ।

यो खेल दुबै टोलीका लागि ‘नकआउट’ म्याच हो, यो खेलमा हार्ने टोलीको एनपिएल यात्रा समाप्त हुनेछ भने जित्ने टोलीले क्वालिफायर २ मा आफ्नो स्थान सुरक्षित गर्नेछ । चितवन र कर्णालीले लिग चरणमा समान नतिजा हासिल गरेका थिए । दुवै टोलीले सात खेलमा चार जित र तीन हारसहित आठ अंक जोडेका छन् । नेट रनरेटका आधारमा चितवन तेस्रो स्थानमा रहँदै प्लेअफमा पुगेको थियो ।

समूह चरणमा कर्णालीले चितवनलाई ६ विकेटले हराएको थियो, जसले कर्णालीलाई थप आत्मविश्वास दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्