विराटनगरमा नरबहादुरको सेकुवासँगै खुलेको रामबहादुरको माछा पसल

<span class='c1'>विराटनगरमा नरबहादुरको सेकुवासँगै खुलेको</span> <span class='c2'>रामबहादुरको माछा पसल</span>

विराटनगर । विराटनगरमा ‘नरेको सेकुवा’ सम्झिने वित्तिकै मासुका पारखीका लागि मुखमा पानी आउँछ ।

झण्डै ६० वर्ष अगाडी नै नरेको सेकुवा विराटनगर कलेज रोडमा खुलेको थियो । नरबहादुर गौतमले स्थापना गरेको सेकुवा होटल २०५४ सालमा उनको निधनसँगै सकियो । उनका छोरा श्यामबहादुर क्षेत्रीले चलाउँदै आएको यो सेकुवाले अहिले पूर्ण रुपमा बन्द छ ।

विराटनगरमा नरेको सेकुवाको चर्चा चलिरहँदा घाँस चौकमा तेह्रथुमबाट झरेका रामबहादुर लिम्बूले राम दाईको माछा पसल खोलेका थिए । त्यो पसल अहिले पनि उनका छोरा बिरहाङ्गको नाममा सञ्चालन छ । रामबहादुर अहिले पनि माछा पकाउँछन् । माछाका पारखीका लागि स्वाद बाँडिरहेका छन् । शान्ति सिंह लिम्बुले माछा पकाईरहेको बेला त्यसको बासना मगमग आईरहेको हुन्छ ।
राम दाई माछा पसलमा भेटिनु भएका राबहादुर लिम्बूका अनुसार अहिले पहिलेको जस्तो छैन । ‘जिन्दगी चल्न त चल्दैछ तर.......’ उनी टक्क रोकिएर भने–युवाहरु अष्ट्रलिया र क्यानडा पुगेपछि बृद्धाअवस्था भएकाहरुले कति खान्छन् ? विराटनगर–६ घाँस चौकको राबहादुरको माछा पसल ४५ वर्षदेखि पारखीका लागि हाँजिर छ । बिहान खानेकुराको जोरजम मिलाउने समय सकिने बितिकै खाजा खाने समयदेखि यहाँ ग्राहक आउँछन् । तर, पहिला ५० केजीसम्म दैनिक माछा बिक्री गर्दै आएका रामबहादुरले अहिले २५ केजी भन्दा बढी बिक्री गर्न सकेका छैनन् ।

कारण हो, खाने मान्छे छैनन् । कोराना कालदेखि खस्किएको पुरानो माछा लाइनको व्यापारमा अन्य धेरै कारणले प्रभावित बनाएको छ । पहिले त खानेहरुसँग पैसा नभएको अनुभव स्वयम् व्यापारीमा छ । अर्को त खानेहरु देशमा नभएको उनीहरुले महसुश गरिरहेका छन् ।
पुरानो माछा लाइनमा आठ वटा होटल सञ्चालन थिए । अहिले चारवटा मात्रै छन् । रामदाईको माछासँगै जोडिएको लक्ष्मण दाईको माछा पसलका लक्ष्मण तिम्सिना भन्छन्–२५ वर्षदेखिको यो व्यवसाय अब छोड्नु पर्ने स्थितिमा पुगेको छु । उनका अनुसार अब रामदाई, लक्ष्मण दाई, पेमा र कान्छाको माछा पसल छ । बाँकीले छोडेर कोहि विदेश पुगेका छन्, कसैले विकल्प खोजिसकेका छन् ।

तिम्सिनाका अनुसार पहिले ४० केजीसम्म माछा खपत हुने आफ्नो होटलमा अहिले १० केजी मात्रै छ । माछाको एउटा परिकार मात्रै बिक्री नहुँदा अब उनले कुखुराको जाँते, हाँसको मासु समेत अप्सनका परिकारमा राखेको सुनाउँछन् । पुरानो माछा लाइनको पहिचान बोकेपनि अब माछासँगै नयाँ परिकार थप्नुपर्ने बाध्यतामा परेको उनको भनाई छ । राई दाईका अनुसार दैनिक दुई क्विन्टलसम्म माछा त त्यहि लाइनमा खपत हुन्थ्यो । माछाका पारखीहरु विराटनगर आउँदा त्यहाँ पुग्थे । खान्थे र भन्थे–यस्तो पो हुन्छ त माछा । अहिले पनि यहाँ साना, सिन्नी, टेङग्रा, गैची, झिंगे, रेवा, रौसहित अन्य जातका माछाको परिकार बन्ने गरेको छ । माछाका पारखीका लागि अहिले पनि त्यहाँको स्वाद फेरिएको छैन । तर, खानेहरु पीउने पनि गर्दछन् । पीउनेहरुका लागि सडक कसिएको छ । मुख्य राजमार्ग बाहेक सहायक मार्गहरुमा समेत चेकजँचका कारण पीउनेहरु खान पनि आईरहेका छैनन् । लक्ष्मण माछा पसलका सञ्चालक तिम्सिना भन्छन्–बेलुका ८ बजेपछि किन खुल्ला ? भन्दै प्रहरी आउँछन् । रात्रीकालिन होटल व्यवसायको चर्चा रेष्टुरेन्ट र ठूला होटलका लागि मात्रै भयो । उनको बुझाईमा माछा लाइनमा कहिल्यै पनि अवैध कार्य नहुने भएपनि प्रहरीलाई सुरक्षा थ्रेटको महसुश भईरहन्छ । कति गर्दा र सम्झउँदा पनि त्यसको सहजीकरण भईरहेको छैन ।

पारखीको ईच्छा अनुसार माछाका भिन्नभिन्न स्वाद पस्कन सक्ने घाँसचौकको माछा लाइनमा आउने ग्राहक अहिले गल्लीका साना होटलमा पुगेर खडेखडे पीएर घर पुग्न बाध्य पारिएको उनीहरुको बुझाई छ । यदि खानेसँगै पीउने ईच्छा भएकाहरुलाई सहजीकरण गर्ने हो भने स्वास्थ्यका लागि लाभदायक माछाका लागि घाँस चौक पुग्नेहरुको संख्या घट्ने थिएन । माछाका परिकार बेचेरै रामदाईले तेह्रथुमका डङडङ्गे गाउँबाट विराटनगरमा घर जोड्नु भएको छ । अहिले उहाँका छोराले यो व्यवसायलाई साथ दिईरहनु भएको छ । लक्ष्मण दाईले माछाका परिकार बिक्री गरेर छोराहरुलाई पढाउन सकेको बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्