विराटनगर सजाउन स्टेण्डमा राखेका गमला झर्छ र लाग्छ भन्ने त्रास भए

<span class='c1'>विराटनगर सजाउन स्टेण्डमा राखेका गमला झर्छ</span> <span class='c2'>र लाग्छ भन्ने त्रास भए</span>

इन्दु साह
विराटनगर । विराटनगर महानगरपालिकामा सौन्दर्यकरणका लागि फलाममा स्टेण्डमा राखिएका गमलामा रोपिएका फूल त जागेनन् । फूल जगाउन नसकेपनि तीनवर्ष अगाडी राखिएका गमला अहिले पासो बनेका छन् । फुटेका गमला पोलमै रहँदा कतिबेला कसरी झर्छ र कसलाई लाग्छ भन्ने स्थितिमा पुगेका हुन् ।

विराटनगरको तीनपैनी चोकदेखि ट्राफिक चोकसम्मको मेन रोडमा फुटपाथ क्षेत्रलाई समेत असजिलो नहुने गरि गमलामा रोपिएका फूल भने अहिले सकिएका छन् स्याहार अभावमा गमलाको फूल मात्रै सुकेका छैनन्, महानगरपालिकाको बजेट सुकेको छ, त्यति मात्रै नभई शहरलाई सुन्दर बनाउने सरकारको रहर समेत सुकेसँगै गमला पनि फुटेका छन् ।

विराटनगरलाई सुन्दर बनाउने भन्दै महानगरका तत्कालिन मेयर भीम पराजुली, उप–प्रमुख इन्दिरा कार्की र तत्कालीन प्रशासकीय अधिकृत एकदेव अधिकारीले मेनरोडका बिजुलीका पोलमा गमलासहित फूल राख्ने अभियानको उद्घघााटन गरेका थिए । महानगरले विराटनगरको सौन्दर्य बढाउन बि.सं. २०७७ सालमा गमला राख्ने अभियान सञ्चालन गरेको थियो ।

फलामका स्टेण्डमा राखिएको गमला अहिले चिरा परेको छ । कतिपयले गमला अड्याउने कभर समेत छोडेर आधा तलतिर लत्रिएको देखिन्छ । सुकेका फुलका विरुवा र फुटेका गमला मात्र स्टन्डमा झुन्डिएका छन् । १९ वर्षिय रौनक झा कलेजबाट दैनिक बजारको बाटो हुदै घर जाँदा गमला झर्छ की भन्ने भय हुने गरेको बताउँछन् ।
यी गमलामा स्टे्न्यान्डहरुले हिड्न समेत असहज भएको कतिपयको बुझाई छ । तर, सामान्य दैनिकीमा गमला राखेका स्टेण्डले बाटो अवरोध गर्दैन । किनकी राधाकृष्ण रथयात्रामा समेत त्यो स्टेण्ड छलेर लाखौं मानिस सडकका हिँडडुल गर्दछन् ।

स्थानीयले शहर सौन्दर्यकरणमा सहयोग नगर्दा महानगरपालिकाको बजेट खेर गएको देखिन्छ । आफ्नो पसल अगाडीको बिरुवामा बिहान पूजापाठ सकाएपछि थोरै पानी हालेर एउटा फूल जगाउने सपना देखे मात्रै गमलामा रोपिएका फूलले शहरलाई सजाउने थियो । महानगरपालिकाको वातावरण शाखा इन्जिनियर सुदिक्षा झाले केही गमलाहरू नागरिकहरूद्वारा तोडफोड गरिएको र अब तिनीहरू हटाउने योजना रहेको जानकारी दिइन्। महानगरपालिकाले २०७७ मा १६८ वटा पोलमा ३ सय ३६ वटा फूलका गमला राख्ने योजना सञ्चालन गरेको थियो। यसका लागि ६३ हजार ७०० रुपैयाँ बजेट विनियोजन गरिएको थियो।

अधिकांश गमलाहरू अहिले खाली छन् र त्यहाँ सुकेका झारहरू मात्र देख्न सकिन्छ। महानगरपालिकाले शहर सुन्दर बनाउने उद्देश्यले सुरु गरेको यो योजना अहिले असफल भएको देखिन्छ । विराटनगरमा नागरिकको मनोभावना सरकारले गर्नुपर्ने मात्रै रहँदै आएको छ । एउटा गमलामा दुईवटा बिरुवा जगाउँदा त्यसले वातावरणमा पार्ने सकारात्मक प्रभाव नागरिकले नसोच्दासम्म महानगरपालिकाको बजेट बालुवामा पानी सरह हुने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्