भारतमा ट्रकले ठक्कर दिँदा पाँच जनाको मृत्यु,३५ घाइते

<span class='c1'>भारतमा ट्रकले ठक्कर दिँदा</span> <span class='c2'>पाँच जनाको मृत्यु,३५ घाइते</span>

नयाँ दिल्ली । भारतको पश्चिमी राज्य राजस्थानमा शुक्रबार बिहानै रसायन बोकेको ट्रक अन्य सवारीसाधनसँग ठोक्किँदा कम्तीमा पाँच जनाको मृत्यु हुनुको साथै ३५ भन्दा बढी घाइते भएको स्थानीय प्रहरीले जनाएको छ ।

जयपुर–अजमेर राजमार्गको भाङ्क्रोटा क्षेत्रमा दुर्घटना भएको हो । दुर्घटनास्थल वरपर केही पेट्रोल पम्पहरू थिए ।

घाइतेमध्ये धेरैको अवस्था गम्भीर रहेको छ ।

एसएमएस मेडिकल कलेजका प्रिन्सिपल दीपक महेश्वरीले भन्नुभयो, “लगभग २४–२५ जनालाई आईसीयूमा भर्ना गरिएको छ । घटनामा धेरै घाइते भएका छन् । यो एक गम्भीर दुर्घटना हो ।”

आगलागीबाट ट्रक र निजी कारसहित करिब ४० सवारीसाधन जलेर नष्ट भएका छन् । दमकललाई आगो निभाउन निकै कठिनाइ भएको थियो ।

राजस्थानका मुख्यमन्त्री भजनलाल शर्माले उद्धार र राहतका लागि सक्दो प्रयास भइरहेको बताउनुभयो । रासस/सिन्ह्वा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्