विराटनगर । महेन्द्र मोरङ क्याम्पस र नबिल बैंकको सहकार्यमा सञ्चालित नबिल सामाजिक उद्यमशिलता ‘नबिल एसएसई’ तीन महिने पाँचौं समूहको प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ।
शनिबार नबिल एसएसई अन्तर्गतको पाँचौ समूहको प्रशिक्षण सम्पन्न भएको हो । सो सँगसँगै छैटौं समूहको प्रशिक्षणको उद्घाटन पनि गरिएको छ ।
युवाहरुलाई नबिल बैंकले सामाजिक उद्यमशिलताको क्षेत्रमा अगाडि बढाउने उद्देश्यले सञ्चालित सो तालिममा सहभागी २५ जना प्रशिक्षार्थीलाई प्रमाणपत्र वितरण गरी पाँचौ चरणको तालिम समापन गरिएको छ । शनिबार नै छैटौ चरण अन्तर्गतको २५ प्रशिक्षार्थीको सहभागितामा तालिम उद्घाटन गरिएको नबिल एसएसई कोशी प्रदेश संयोजक वेदप्रसाद संग्रौलाले बताए ।
कार्यक्रममा बोल्दै साना तथा घरेलु उद्योग महासंघका अध्यक्ष चेतन निरौलाले दैनिक दुई हजार बढीको संख्यामा युवाहरु विदेश पलायन भईरहेको अवस्थामा बैंकले उद्यमशिलताको तालिम सञ्चालन गर्नु सराहनीय भएको बताए । महेन्द्र मोरङ क्याम्पसका प्रमुख डा रामावतार शरणले तालिममा सहभागीहरुलाई आफूले सिकेको ज्ञानलाई व्यवहारमा कार्यान्वयन गर्न अनुरोध गरे। नविल बैंकका प्रदेश प्रमुख दीपककुमार श्रेष्ठले सातै प्रदेशमा सो तालिम सञ्चालन भईरहेको बताए ।
सहभागीहरुको तर्फबाट पिञ्च डेकमा क्षितिज गजुरेल, विजयकुमार चौधरी, उदयप्रसाद गुप्ता र अभिषेक श्रेष्ठले भाग लिएका थिए। भने त्यसलाई डा.चन्द्र तिम्सिना, विनयबिष्णु केसी, किशोर कार्की र ज्योति कोठारीले टिप्पणी गरेका थिए ।
समाजमा उद्यमशीलताका माध्यमबाट सामाजिक समस्याको दीर्घकालीन समाधान गर्ने नवीन सोचमा आधारित उद्यमलाई प्रवद्र्धन गर्दै आर्थिक, सामाजिक रूपान्तरणलाई बढावा दिनका लागि यो कार्यक्रम सुरु गरिएको बैंकले जनाएको छ ।