दक्षिण कोरियामा १८१ यात्रु बोकेको विमान दुर्घटना, दुई जनाको जीबितै उद्धार

<span class='c1'>दक्षिण कोरियामा १८१ यात्रु बोकेको विमान</span> <span class='c2'>दुर्घटना, दुई जनाको जीबितै उद्धार</span>

मुआन (दक्षिण कोरिया) । दक्षिण कोरियाको मुआनमा १८१ यात्रु बोकेको विमान दुर्घटना भएको छ ।

बैंककबाट फर्कदै गरेको विमानमा चालक दलका छ सदस्यसहित १८१ जना सवार थिए । जेजु एयरको विमान अवतरणका क्रममा धावनमार्गबाट चिप्लिएर भएको दुर्घटनामा दुई जनाबाहेक अन्य यात्रु जीवित रहेको हुनसक्ने सम्भावना क्षीण देखिएको छ ।

पर्खालमा ठोक्किएपछि विमानमा आगलागी भएको थियो ।

अहिलेसम्म १२० जनाको मृत्यु भएको पुष्टि भएको छ भने एक चालक दलका सदस्य र एक यात्रुलाई जीवितै उद्धार गरी स्थानीय अस्पतालमा उपचारका लागि पठाइएको छ ।

सियोलबाट करिब २८८ किलोमिटर दक्षिणपश्चिममा रहेको दक्षिण जियोला प्रान्तको मुआन काउन्टीस्थित मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा जेजु एयरको विमान अवतरणका क्रममा धावनमार्गबाट चिप्लिएर पर्खालमा ठोक्किँदा दुर्घटना भएको हो । दुर्घटनाबाट उद्धार गरिएका दुई जनाबाहेक सबै बेपत्ताको मृत्यु भएको अनुमान गरिएको अग्निनियन्त्रक अधिकारीहरूले बताएका छन् ।

अधिकारीहरुले दुर्घटनामा परी अहिलेसम्म १२० जनाको मृत्यु भएको पुष्टि गरेका छन् ।

“विमान भित्तामा ठोक्किएपछि यात्रुलाई विमानबाट बाहिर निकालिएको थियो। जीवित उद्धार भएका दुई यात्रुको पनि स्वास्थ्य अवस्था गम्भीर रहेको छ,” अग्निनियन्त्रक निकायका एक अधिकारीले भने ।

“विमान लगभग पूर्णरुपमा ध्वस्त भइसकेको छ र मृतकको पहिचान गर्न कठिन छ,” ती अधिकारीले भने।

उनले भने, “अहिले हामी जलेका मृतशरीर निकाल्ने प्रक्रियामा छौँ, यसका लागि केही समय लाग्नेछ ।”

दुर्घटनालगत्तै एक यात्रु र चालक दलका एक सदस्यलाई उद्धार गरी मोक्पोको एक अस्पतालमा उपचार भइरहेको छ ।

विमानमा सवार मध्ये दुई जना थाई नागरिक बाहेक अधिकांश कोरियाली नागरिक थिए ।

स्थानीय टिभी स्टेसनहरूले प्रसारण गरेको भिडिओमा विमानले आफ्नो ल्यान्डिङ गियर बिना नै अवतरण कोसिस गरेको देखाइएको छ। विमान भुइँमा चिप्लिँदा कङ्क्रिटको पर्खालमा ठोक्किएर विस्फोट भएको र त्यसबाट एक्कासी आगोको ज्वालो निस्किएको थियो ।

अधिकारीहरुका अनुसार चराको आक्रमणका कारण ल्यान्डिङ गियर फेल भएर दुर्घटना भएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ । दुर्घटनाको कारणबारे थप विवरण पत्ता लगाउन स्थलगत अनुसन्धान सुरु भएको छ ।

दक्षिण जिओलका अधिकारीहरूले उच्च स्तरमा आपतकालीन निकायहरूलाई सक्रिय पारेका छन् र सबै उपलब्ध उद्धार र प्रहरी कर्मचारीहरूलाई दुर्घटना स्थलमा तैनाथ गरेका छन्।

कार्यवाहक राष्ट्रपति चोइ साङ–मोक मध्याह्नतिर दुर्घटनास्थलमा पुगी घटनास्थलको निरीक्षण गर्नुभएको छ । उहाँले शोक सन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दै अधिकारीहरूलाई खोजी कार्यका लागि हरसम्भव प्रयास गर्न निर्देशन दिनुभएको छ । रासस/योन्हाप

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्