इन्डोनेसियाको सन् २०२४, सन् १९९१ यताकै सबैभन्दा तातो वर्ष

<span class='c1'>इन्डोनेसियाको सन् २०२४, सन् १९९१</span> <span class='c2'>यताकै सबैभन्दा तातो वर्ष</span>

जकार्ता । इन्डोनेसियाले सन् २०२४ मा सबैभन्दा तातो वर्ष अनुभव गरेको देशको मौसम एजेन्सीले जनाएको छ ।

इन्डोनेसिया अझै पनि जीवाश्म ईन्धन उर्जामा अत्यधिक निर्भर छ । यसलाई वैज्ञानिकहरूले ग्लोबल वार्मिंगको प्रमुख कारण भनेका छन् ।

देशको मौसम विज्ञान जलवायु विज्ञान तथा जियोफिजिक्स एजेन्सी (बिएमकेजी) ले शुक्रबार आफ्नो वेबसाइटमा सन् २०२४ मा औसत हावाको तापमान २७.५ डिग्री सेल्सियस (८१.५ फरेनहाइट) रहेको जनाएको छ । सन् १९९१ तथा सन् २०२० बीचको तुलनामा लगभग ०.८ डिग्री सेल्सियस बढी रहेको बताएको छ ।

हालसम्म देशभरका ११३ वटा अनुगमन पोष्टबाट तथ्याङ्क प्राप्त भएको छ ।

संयुक्त राष्ट्रसङ्घले सोमबार सन् २०२४ लाई विश्वभरकै सबैभन्दा तातो वर्ष बताएको छ ।

साथै, चीन र भारत दुवैले यो वर्ष आफ्नो दशककै सबैभन्दा तातो वर्ष भएको बताएका छन् ।

इन्डोनेसियामा गत वर्षको अप्रिल चार दशकभन्दा बढी यताकै सबैभन्दा तातो थियो । रासस/एएफपी

फोटो:फाइल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्