काठमाडौं । आज(मंगलबार) पनि नेपाली बजारमा सुनको मूल्यस्थिर रहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको मूल्य तोलामा १ लाख ५२ हजार रुपैयाँ कायम भएको हो ।
गत आइतबार र सोमबार पनि सुनको मूल्य सोही मूल्यमा कारोबार भएको थियो ।
यस्तै, चाँदीको मूल्य भने १० रुपैयाँले बढेको छ । महासंघका अनुसार सोमबार तोलामा १ हजार ८१० रुपैयाँ कायम भएको चाँदीको मूल्य मंगलबार भने बढेर १ हजार ८३० रुपैयाँ कायम भएको हो ।