साना किसान विकास लघुवित्तको १४ प्रतिशत बोनस शेयर पारित

<span class='c1'>साना किसान विकास लघुवित्तको १४</span> <span class='c2'>प्रतिशत बोनस शेयर पारित</span>

काठमाडौँ । साना किसान विकास लघुवित्त वित्तीय संस्थाको मंगलबार साँझ सम्पन्न २३औँ वार्षिक साधारणसभाले १४ प्रतिशत बोनस शेयर पारित गरेको छ ।

सञ्चालक समितिको तर्फबाट अध्यक्ष खेमबहादुर पाठकले प्रस्ताव गर्नुभएको १३ दशमलव तीन प्रतिशत बोनस र कर प्रयोजनका लागि नगद लाभांश शून्य दशमलव सात प्रतिशत गरी १४ प्रतिशत बोनस शेयर प्रदान गर्ने प्रस्ताव साधारण सभाले पारित गरेको हो ।

संस्थाले आर्थिक वर्ष २०७९/८० मा रु ७७ करोड ३५ लाख खुद मुनाफा गरेकामा आव वर्ष २०८०/८१ मा १९ दशमलव १८ प्रतिशतले वृद्धि भई नाफा रु ९२ करोड १९ लाख पुगेको छ । यसैगरी आव २०७९/८० मा कुल सञ्चालन आम्दानी रु एक अर्ब ६६ करोड ९५ लाख रहेकोमा आव २०८०/८१ मा ३१ प्रतिशतले वृद्धि भई रु दुई अर्ब १९ करोड ४१ लाख पुगेको छ ।

संस्थामा मुलुकका ७७ जिल्लाका पाँच सय ४६ स्थानीय तहमा एक हजार छ सय ९२ साझेदार संस्था आवद्ध छन् । कूल १२ लाख ३३ हजार छ सय ८४ परिवारलाई लघुवित्त सेवा पु¥याएको आएको संस्थामा ८० प्रतिशत महिला सहभागिता छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्