विराटनगरका अस्पतालमा जाडोबाट स्वास्थ्य समस्यामा परेका बालबालिका धेरै

<span class='c1'>विराटनगरका अस्पतालमा जाडोबाट स्वास्थ्य</span> <span class='c2'>समस्यामा परेका बालबालिका धेरै</span>

इशु पन्त
विराटनगर । जाडोमा स्वास्थ्य समस्याबाट मुख्य गरी बालबालिका, वृद्धवृद्धा तथा रोगीहरू प्रभावित हुन्छन् ।

विराटनगरका अस्पताल अहिले चिसोबाट सबैभन्दा बढी प्रभावित बालबालिका भर्ना हुने संख्या बढ्दो रहेको चिकित्सकहरु बताउँछन् । सुरक्षा अस्पताल विराटनगरमा दैनिक जस्तो ७/८ जना बालबालिका भर्ना हुँदै आएको प्रशासन प्रमुख जानुका राजवंशीले बताएकी छिन् । बच्चा वार्डमा शुक्रबार सम्म १७ जान बालबालिका भएकोमा बिहीबार मात्रै आठ जना भर्ना भएका थिए ।

वार्डकी नर्स प्रमिला देवका अनुसार सरदर दैनिकी ३ देखि ४ जना भर्ना हुँदै आएका छन् । पछिल्लो समय बिहानीपख जाडो बढेपछि बालबालिकालाई डाइरिया, ज्वरो, निमोनियालगायत समस्या धेरै देखिएका छन् । जाडो बढेसँगै बिहीबार नै एनआईसीयू र पीआईसीयूमा भर्ना गर्नुपर्ने अवस्थाका बिरामी समेत ल्याइएको थियो ।

सुनसरी प्रकाशपुर घर भएकी शान्ता विष्टको जुम्लिया छोरा–छोरी छन् । उनको ४ महिने छोरा लागि भने डायरिया भएर अस्पताल भर्ना गर्नु परेको बताउँछिन्।उनको एउटा छोरी चाहिँ स्वाथ्य भएको कारण डाक्टरले रोग सर्छ भनेर घर पठाउन सुझाव दिएका थिए । उनको छोरा ३ दिन देखि उपचारमा अपतालमा छन् । डा. सूर्यकान्त झाले जाडोमा डाइरिया लागेको हुँदा सन्चो भएसी मात्र घर जान सुझाव दिएका छन्। प्रकाशपुर स्वस्थ्य चौकी र इनरुवा जिल्ला अस्पतालमा राम्रो डाक्टर नहुँदा विराटनगर ल्याउनु परेको उनको गुनासो छ ।

विराटनगर–८ घर भएकी नम्रता पहाडीको ७ वर्षीय छोरालाई पनि रुघाखोकी र कमजोरी भएर अस्पताल भर्ना गर्नु परेकी बताउँछिन् । छोरा विधान अरुबेला मज्जाले खाना खाने र तर, जाडो बढेपछि झन् खान खान मन नगरेको हुँदा कमजोरी भएको बताउँछिन्। देवीझोडा केराबारी मोरङ १३ वर्षीय रूपक याख्खालाई निमोनिया भएर अस्पताल भर्ना गरिएको छ बिहीबार बिरामीले च्यापेपछि अस्पताल भर्ना गरिएको हो । विराटनगर ८ स्थित आर.के.चिल्ड्रेन अस्पतालमा अहिले १२ जना बेड भर्ना भएका छन्।

प्रशासनिक प्रमुख अभिषेक यादवको अनुसार अहिले अस्पतालमा एनआईसीयु र पीआईसीयुमा ७ जना बालबालिका रहेका छन् । अस्पतालमा बुधबार १२ जना,बिहीबार १० जना र मंगलबार ९ जना अपिडीमा ९ जना जाँच्न आएको यादवले बताएका छन्।न्यूरो अस्पतालका बालरोग विशेषज्ञ डा.सुरेश प्रसाद साहका अनुसार अहिले ८० प्रतिशत अस्पतालमा भर्ना बालबालिका भएको बताउँछन् । साहका अनुसार अहिले ६ महिना देखि ५ वर्षका बालबालिकामा प्रतिरोधात्मक शक्ति कम भएको कारण छिटै चिसोबाट प्रभावित भएको बताउछन। मुख्यगरी चिसो,धुवाँ र संक्रमितबाट बचे बालबालिकालाई निमोनियाबाट बचउन सकिन्छ । बच्चाको रोगसँग लड्ने क्षमता कम भएको कर्न रुघाखोकीबाट संक्रमितका टाढा हुने, भ्याक्सिन लगाउने, पोषिलो खाना खाने र भेन्टिलेसन भएको कोठामा बस्न सुझाव दिइन्छ। जाडो बढिरहँदा निमोनिया र रुघाखोकीका विरामी बढी आउने गरेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्