अमेरिकामा चिनियाँ एप रेडनोट टिकटकको विकल्प बन्न सक्ने

<span class='c1'>अमेरिकामा चिनियाँ एप रेडनोट</span> <span class='c2'>टिकटकको विकल्प बन्न सक्ने</span>

एजेन्सी । अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लागू भएसँगै चिनियाँ एपको लोकप्रियता बढेको छ ।

अमेरिकामा टिकटकलाई प्रतिबन्ध लगाउने कानुन बनाएसँग प्रयोगकर्ताहरु चिनियाँ एप रेडनोटको अर्थात स्याओहोङ्सुतिर बसाई सर्न थालेका छन् ।

नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले टिकटकप्रति समर्थन जनाइरहेको बेलामा टिकटकका प्रयोगकर्ताहरु चिनियाँ एपतिर बसाई सरेका हुन् । पछिल्ला दिनमा रेडनोट अमेरिकी एप स्टोरमा सबैभन्दा बढी डाउनलोड हुने एप बनेको छ। यो टिकटकको प्रतिस्पर्धी एपका रुपमा मानिएको छ ।

उक्त एपप्रति विदेशी प्रयोगकर्ताहरूको आगमनले चिनियाँ ब्रान्डहरूलाई विश्वव्यापी पहुँच विस्तार गर्ने अवसर मिल्ने अपेक्षा गरिएको छ ।
अमेरिकी सर्वोच्च अदालतले टिकटकलाई लक्षित गरी बनाइएको ‘डाइभेस्ट वा ब्यान’ कानुनलाई सदर गरिसकेकाले १७ करोड अमेरिकी प्रयोगकर्ताहरू भएको यो एप प्रतिबन्ध निश्चित जस्तै मानिएको छ । (सीसीटीभीप्लस)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्