विराटनगरमा १०४ होस्टेल : दर्ता न नविकरण, धेरै मापदण्डमा छैनन–अनुगमनमा पर्दैनन्

<span class='c1'>विराटनगरमा १०४ होस्टेल : दर्ता न</span> <span class='c2'>नविकरण, धेरै मापदण्डमा छैनन–अनुगमनमा पर्दैनन्</span>

इन्दु साह
विराटनगर । विराटनगर महानगरपालिका भित्र १०४ वटा होस्टल छन् । विराटनगर महानगरपालिकाको तथ्यांक अनुसार यतिको धेरै संख्यामा होस्टल खुलेको देखिएपनि त्यसको मापदण्ड यकिन नहुँदा विद्यार्थी बस्ने वातावरण भने कमजोर देखिएको छ । होस्टलको वातावरण कमजोर मात्रै नभई त्यहाँ बस्ने विद्यार्थी राम्रोसँग पढ्न सक्ने समेत देखिदैन ।

धेरैजसो होस्टल साँघुरो र अध्याँरा कोठाहरुमा विद्यार्थी बस्ने गरेका छन् । साँघुरो कोठामा २ देखि ४ जना विद्यार्थी बस्नुपर्ने बाध्यता सहिरहेका छन् । होस्टलमा बस्ने सबै विद्यार्थी हुन्छन् । उनीहरु बस्ने वातावरण स्वच्छ र सफा हुनुपर्नेमा कोठाहरु अस्तव्यस्त देखिन्छन् । साथै खाना खाने ठाउँदेखि शौचालयसम्म सफा हुनु पर्छ । तर, विराटनगरका केहि होस्टलको वातावरण हेर्ने हो भने सन्तोषजनक देखिदैन ।

महानगरपालिकाका प्रशासन प्रमुख अर्जुन थपलियाका अनुसार महानगरले होस्टलको मापदण्ड सम्बन्धि ऐन बनाउने योजना भर्खरै सारेको छ । तर, सञ्चालन अनुमति लिएको नलिएको थाहा छैन । त्यति मात्रै नभई आफ्नो क्षेत्रभित्र सञ्चालन हुने होस्टलका लागि मापदण्ड बनाउन समेत ढिलाई गरिरहेको छ । विराटनगरका होस्टल संचालकहरुले भने होस्टलको अनुगमनमा वडा र महानगरका सदस्य आएको बताउछन् । विराट होस्टलका संचालक चिन्तामणी श्रेष्ठले उनको होस्टल अनुगमनको लागि समय समयमा महागरबाट अनुगमन टोलि पुग्ने गरेको दावी गरेका छन् । श्रेष्ठ भन्छन् अनुगमन टोलिले आजसम्म मापदण्ड विपरीत भएको पुष्टि गरेको छैन । तर, उनको होस्टल समेत मापदण्ड विपरीत संचालनमा छ । उनको होस्टलमा २२ जना विद्यार्थी छन् ।
विराटनगर १० मा भएको अरनिको होस्टलको पनि वातावरण कमजोर रहेको बताइन्छ । हेर्दा पनि खासै सन्तोषजनक देखिदैन । २९ जना विद्यार्थी रहेको उक्त होस्टलमा दुई वार्डन समेत छन् । विराटनगरका प्रत्येक होस्टलमा एक विद्यार्थी बराबर मासिक ८ देखि १० हजार अथवा सुविधा अनुसार अझ थप मासिक आवास शुल्क लिने गरेका छन् ।

प्रायजसो विद्यालय तथा कलेजहरुले सञ्चालन गरेका होस्टलले भने विद्यार्थीलाई राम्रो वातावराणको साथ राखेको बिद्यार्थीहरु बताउँछन् । तर, होस्टल मात्रै सञ्चालन गर्ने सञ्चालकहरुले भने भरसक कोचाकोच गरेर विद्यार्थीलाई राख्ने गरेको आरोप छ । होस्टल बस्नेमा बढिजसो ११ र १२ का विद्यार्थीहरु छन् ।
नेपालमा होस्टेल सञ्चालनको लागि मुख्य मापदण्डहरू भनेको पर्याप्त खाली ठाउँ र खेल मैदान हुनुपर्ने, एक कोठामा बढीमा ४ जना विद्यार्थी राख्न मिल्ने, छात्र र छात्राका लागि छुट्टाछुट्टै शौचालय र स्नान गृह, स्वच्छ खानेपानीको व्यवस्था, पर्याप्त उज्यालो र भेन्टिलेसन भएको कोठाहरू, आगलागी नियन्त्रणका उपकरणहरू,प्राथमिक उपचारको व्यवस्था, २४ घण्टा सुरक्षा गार्डको व्यवस्था आपतकालीन निकासको व्यवस्था हुपर्ने हो । संस्थागत तर्फको मापदण्डमा भने दर्ता प्रमाणपत्र, कर चुक्ता प्रमाणपत्र वार्षिक लेखापरीक्षण, विद्यार्थीहरूको अभिलेख, नियमित अनुगमन र निरीक्षण हुनुपर्ने हो । साथै स्थानीय तहले आफ्नै छुट्टै मापदण्ड बनाउन समेत सक्छन् । तर महानगरपालिकामा यस्तो कुनै मापदण्ड भने विद्यार्थीको लागि बनाईएको छैन । १०४ होस्टल मध्ये धेरैले नविकरण पनि गरेका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्