यु–१९ महिला टी–२० विश्वकपमा आज नेपालले अष्ट्रेलियासँग प्रतिस्पर्धा गर्दै

<span class='c1'>यु–१९ महिला टी–२० विश्वकपमा आज</span> <span class='c2'>नेपालले अष्ट्रेलियासँग प्रतिस्पर्धा गर्दै</span>

काठमाडौं । आईसीसी यु–१९ महिला टी–२० विश्वकपमा आज नेपालले अष्ट्रेलियासँग प्रतिस्पर्धा गर्दैछ ।

माघ ५ र ७ गते दुई खेल खेलेको नेपालले बुधबार समूह चरणको अन्तिम खेल अष्ट्रेलियासँग खेल्न लागेको हो ।

पहिलो खेलमा पाँच विकेटले बंगलादेशसँग पराजित भएको नेपाल दोस्रो खेलमा स्कटल्याण्डसँग एक विकेटले पराजित भएको थियो । समूह चरणको अन्तिम खेलमा जित निकाल्ने लक्ष्यमा नेपाल रहेको छ । मलेसियामा जारी प्रतियोगिताको यो खेल दिउँसो १२ः१५ बजे सुरु हुन्छ । विश्वकपमा नेपाल समूह ‘डी’ मा परेको छ । यस समूहमा बंगलादेशसँगै अष्ट्रेलिया र स्कटल्याण्ड छन् । अस्ट्रेलिया दुई जितसहित चार अंकका साथ समूहको शीर्ष स्थानमा छ । बंगलादेश र स्कटल्याण्ड समान दुई अंकसहित दोस्रो र तेस्रो स्थानमा छन् भने अंकबिहीन नेपाल अन्तिममा छ ।

विश्वकपको समूह ‘ए’ मा आयोजक मलेसियासहित भारत, श्रीलङ्का र वेस्ट इण्डिज छन् । भने समूह ‘बी’ मा इङ्ग्ल्याण्ड, आयरल्याण्ड, पाकिस्तान र अमेरिका छन्। समूह ‘सी’ मा न्यूजील्याण्ड, समोआ, दक्षिण अफ्रिका र नाजेरिया छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्