फोनिज प्रदेशको अध्यक्षमा लावती,लेखा संयोजकमा लुङवा

<span class='c1'>फोनिज प्रदेशको अध्यक्षमा</span> <span class='c2'>लावती,लेखा संयोजकमा लुङवा</span>

विराटनगर । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) प्रदेश १ समिति अध्यक्षमा विजयबोध लावती निर्वाचित भएका छन् ।

तेस्रो प्रादेशिक महाधिवेशन मार्फत लावती निर्विरोध निर्वाचित भएका हुन् ।

पाँचथरको सदरमुकाम फिदिममा सम्पन्न फोनिजको महाधिवेशनले लावती अध्यक्ष रहेको १९ सदस्यीय प्रदेश कार्यसमिति निर्वाचित गरेको हो । कार्यसमिति उपाध्यक्षमा खनेन्द्रकुमार राई, महिला उपाध्यक्षमा सुप्रिया राई र महासचिवमा लीलाबहादुर सुनुवार चयन हुनुभएको छ । यस्तै संस्थागत सचिवमा दिलबहादुर राई, सङ्गठन सचिवमा रामचन्द्र तामाङ र कोषाध्यक्षमा सन्दिप याम्फु राई चयन भएका छन् । खुला सदस्यहरू अरुणकुमार राई, अजय सन्तोषी राई, कृष्ण फुरुम्बो लिम्बू र मौसम सम्बाहाम्फे चयन भएका छन् भने महिला सदस्यमा रमिला दनुवार, निशा राई र मेनुका बम्जन, संस्थागत सदस्यमा अमित तामाङ, जयराम पुर्बाछाने मगर, श्रवण चौधरी र निश्चल राजभण्डारी तथा अल्पसङ्ख्यक सदस्यमा नेत्रकुमार सुनुवार चयन भएका छन् ।

त्यसैगरी लेखा समिति संयोजकमा प्रेम देवान (लुङ्वा) सदस्यमा अनिल देव राई र अनुशासन समिति संयोजकमा ब्रह्मलाल हजारी सदस्यमा अशोक गुरुङ चयन भएका छन् । लेखा संयोजक देवान आवर विराटनगरका समाचार प्रमुख समेत हुन् । शनिबार उद्घाटन भएको फोनिजको प्रदेश महाधिवेशनमा निकै रस्साकसीका साथ अन्तिममा आएर कार्यसमिति सर्वसम्मत चयन भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्