बङ्गलादेशको विमानस्थलमा बमको धम्की

<span class='c1'>बङ्गलादेशको विमानस्थलमा</span> <span class='c2'>बमको धम्की</span>

ढाका । इटालीको रोमबाट ढाकाका लागि उडेको बङ्गलादेश एयरलाइन्सको विमानमा बम राखेको धम्की आएको छ ।

ढाकाको हजरत शाहजलाल अन्तर्राष्ट्रिय विमानस्थलमा अज्ञात नम्बरबाट आएको कलबाट यो धम्कीको जानकारी दिइएको थियो ।

विमानस्थलका कार्यकारी निर्देशक समूह क्याप्टेन कमरुल इस्लामले सो कुराको पुष्टि गर्नुभयो । रोमबाट ढाकाका लागि उडेको विमान बीजी–३५६ मा बम आक्रमणको धम्की दिइएको उहाँले बताउनुभयो ।

विमानले बिहान ९ः२० मा हजरत शाहजलाल विमानस्थलमा आकस्मिक अवतरण गरेको थियो । विमानका २५० यात्रु र १३ चालक दलका सदस्यलाई विमानबाट निकालेर टर्मिनलमा ल्याइयो । रासस/एएनआई

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्