इजरायलमा बर्ड फ्लुको नयाँ सङ्क्रमण

<span class='c1'>इजरायलमा बर्ड फ्लुको</span> <span class='c2'>नयाँ सङ्क्रमण</span>

तेल अवीव,इजरायल । इजरायलको मातेह येहुदा क्षेत्रीय परिषद्को किबुट्ज जोरामा टर्कीको बथानमा एच५एन१ बर्ड फ्लू सङ्क्रमण पत्ता लागेको छ ।

चारवटा कुखुरा तथा करिब १९ हजार ३०० टर्कीको असाधारण मृत्यु भएपछि कृषि तथा खाद्य सुरक्षा मन्त्रालयको प्रयोगशालामा नमूना पठाइएको थियो, जसले शङ्काको पुष्टि गरेको थियो ।

यो हालको फ्लू सिजनमा व्यावसायिक कुखुरामा बर्ड फ्लूको १६ औं केस हो । विगत दुई हप्तामा बर्ड फ्लूका दुई थप केसहरू फेला परेका थिए ।

यस रोगको फैलावट रोक्नको लागि कृषि तथा खाद्य सुरक्षा मन्त्रालयले एभियन इन्फ्लुएन्जाको उपचारका लागि विश्व पशु स्वास्थ्य सङ्गठन (डब्ल्यूओएएच) ले सिफारिस गरेको प्रक्रिया अनुसार काम गरिरहेको छ ।

कृषि तथा खाद्य सुरक्षा मन्त्रालयका भेटेरिनरी सेवाहरूले यस क्षेत्रका सबै कुखुरा घरहरूको सक्रिय अनुगमन गर्न जारी राखेका छन् ।

कृषि तथा खाद्य सुरक्षा मन्त्रालयले कुखुरा फार्मका प्रजननकर्ताहरूलाई आफ्नो कुखुरालाई भवनभित्र राख्न र खुला ठाउँमा घुम्नबाट रोक्न आह्वान गरेको छ । रासस/एएनआई

फोटो:फाइल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्