विराटनगर। ताप्लेजुङको पाथीभरा क्षेत्रमा पहिचान पक्षधर र प्रहरीबीच झडप हुँदा २६ जना घाइते भएका छन् । घाइतेमध्ये ५ जना आन्दोलनकारी र २१ जना सुरक्षाकर्मी रहेको प्रहरीले जनाएको छ ।
झडपका क्रममा प्रहरीले हानेको गोली ४ जनालाई लागेको पहिचान पक्षधरको दाबी छ । उनीहरुका अनुसार गोली लागेकामध्ये ३ जनाको अवस्था गम्भीर रहेको छ । गम्भिर घाईते हुनेहरुमा तेह्थुम म्याङलुङ नगरपालीका ९ का ३६ बर्षिय याम बहादुर लिम्बु , पाँचथर मिक्लाजुङ ५का १८ बर्षिय सकुन लावती र ताप्लेजुङ फुङलिङ नगरपालिका ८ बस्ने २० धर्मन पालुङ्वा रहेका छन् ।
उनीहरुको नोवेल अस्पताल विराटनगरमा उपचार भईरहेको छ । उनीहरुलाई हेलिकप्टर मार्फत काठमान्डौ उपचारको लागि लैजाने तयारी गरिदैै छ । पाथीभरा क्षेत्रको काफ्लेपाटीभन्दा करिब १ किलोमिटर माथि पहिचान पक्षधरको ‘नो केबलकार’ समूह तथा प्रहरीबीच शनिबार दिउँसो र साँझ दुईपटक झडप भएको थियो । दिउँसोको झडपमा प्रहरीले अश्रु्ग्यास मात्रै प्रहार गरेको थियो। साँझ स्थिति भड्किन थालेपछि गोली नै चलाउनु परेको प्रहरीले जनाएको छ ।