मनमोहन विश्वविद्यालयको शिक्षालयमा ‘र्स्पोट मिट’ सुरु

<span class='c1'>मनमोहन विश्वविद्यालयको शिक्षालयमा</span> <span class='c2'>‘र्स्पोट मिट’ सुरु</span>

विराटनगर । मनमोहन प्राविधिक विश्वविद्यालयको आंगिक शिक्षालय मनमोहन स्मृति पोलिटेक्निकमा तीन दिने ‘र्स्पोट मिट’ सुरु भएको छ ।

मोरङको बुढीगंगा गाउँपालिका हात्तीमुढास्थित विश्विद्यालय परिसरमा आइतबारदेखी मनमोहन स्मृति ‘र्स्पोट मिट’ २०८१ सुरु भएको हो ।

आइतवार मनमोहन प्राविधिक विश्वविद्यालय संरक्षण समिति सदस्य सत्यनारायण चौधरीले उक्त्त ‘र्स्पोट मिट’ को उदघाटन गरे । प्रतियोगिताको उदघाटन गर्दै चौधरीले आगामी दिनदेखी आंगिक शिक्षालय पोलिटेक्निकको मात्र नभएर विश्वविद्यालयका विभिन्न संकायहरुलाई सहभागी गराएर खेलकुद बोर्डसँगको सहकार्यमा प्रदेश स्तरिय खेलकुद प्रतियोगिता आयोजना गर्न लागिपर्ने बताए । पोलिटेक्निकका प्रचार्य ईन्जिनियर सुदिप अधिकारीले शरिरीक तन्दुरुस्ती र आत्मअनुशासनका लागि खेलकुदको भुमिका महत्वपुर्ण हुन्छ भन्दै स्पोर्ट मिटमा शिक्षालयका विभागिय टोलीहरु विच स्वच्छ प्रतिस्पर्धा हुने जानकारी दिए। प्रचार्य अधिकारीले अगामी बर्षदेखी प्रेदश स्तरिय प्राविधिक शिक्षालय स्तरिय खेलकुद प्रतियोगिता सञ्चालन गर्न प्रयास गर्ने बताए ।

उदघाटन सत्रमा विश्विद्यालयका परीक्षा नियन्त्रक भिप्रसाद काफले , पोलिटेक्निका प्रशासन प्रमुख सुजन भुर्तेल , तालिम संयोजक लोचन न्यौपाने , ईन्जिनियरहरु युवराज चौधरी , दिपेश यादव , रामप्रसाद यादव , ईप्रका नेमुवाका सई भुवन श्रेष्ठ लगायत विभागिय शिक्षक कर्मचारीहरुको सहभागिता थियो । प्राचार्य अधिकारीका अनुसार मंगलबार सम्म सञ्चालन हुने उक्त्तस्पोर्टस मिटमा पोलिटेक्निकका विभागिय छात्र र छात्रा टोलीहरु विच फुटबल , भलिबल , डोरीतान , चेस , व्याडमिन्टन लगायतका खेलहरुमा आन्तरिक प्रतिस्पर्धा हुनेछ । मनमोहन स्मृति पोलिटेक्निकले हरेक बर्ष ‘र्स्पोट मिट’ सञ्चालन गर्दै आएको सञ्चालन गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्