नासाका अन्तरिक्ष यात्रीले आइएसएसबाट २०२५ को महा कुम्भ मेलाका भव्य तस्बिरहरू साझा गरे

<span class='c1'>नासाका अन्तरिक्ष यात्रीले आइएसएसबाट २०२५ को महा</span> <span class='c2'>कुम्भ मेलाका भव्य तस्बिरहरू साझा गरे</span>

प्रयागराज (उत्तर प्रदेश, भारत) । नासाका अन्तरिक्ष यात्री डोनाल्ड पेटिटले हालै अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसन (आइएसएस) बाट खिचिएका २०२५ को महा कुम्भ मेलाको मनमोहक तस्बिरहरू साझा गर्नुभएको छ ।

एक्स (पूर्व ट्विटर) मा गरिएको आफ्नो पोस्टमा पेटिटले टिप्पणी गर्नुभएको छ, “२०२५ महाकुम्भ मेला गङ्गा नदी तीर्थयात्रा आइएसएसबाट रातको समयमा । संसारको सबैभन्दा ठूलो मानव जमघट राम्रोसँग उज्यालो छ ।”

उहाँको दृष्टिकोणले यस कार्यक्रमको विशाल परिमाणलाई उजागर गर्छ, जसले विश्वभरका लाखौँ भक्तजनलाई आकर्षित गरेको छ ।

प्रयागराजमा चलिरहेको महा कुम्भ मेलामा धार्मिक उत्सवको पहिलो १४ दिनमा नै ११ करोडभन्दा बढी मानिस सहभागी भइसकेका छन् । यसले महा कुम्भलाई विश्वको सबैभन्दा ठूलो आध्यात्मिक जमघटको रूपमा चिनाएको छ ।

प्रत्येक १२ वर्षमा हुने यस कार्यक्रमले सन् २०२५ फेब्रुअरी २६ मा यसको समापन नभएसम्म ठूलो भीडलाई आकर्षित गर्न जारी राख्ने अपेक्षा गरिएको छ । विश्वका सबै कुनाबाट लाखौँ भक्तजन आइपुग्दा यो उत्सव आस्था र एकताको जीवन्त उत्सवको रूपमा रहेको छ ।

तीर्थयात्रीहरू गङ्गा, यमुना र सरस्वती (अहिले लोप भएको) नदीहरूको सङ्गमस्थलमा पापहरू पखाल्ने र मोक्ष (मुक्ति) को बाटो खोल्ने विश्वास गरिएको अनुष्ठानिक स्नानका लागि यात्रा गर्छन् ।

यो पवित्र डुबुल्की (स्नान) सनातन धर्ममा निहित पर्वको आध्यात्मिक महत्त्वको केन्द्रविन्दु हो ।

यो जमघट खगोलीय पङ्क्तिबद्धताको समयमा हुन्छ जसले आध्यात्मिक शुद्धीकरण र भक्तिका लागि दुर्लभ र शुभ अवसर सिर्जना गर्छ ।

महा कुम्भ मेलाले लाखौँ धार्मिक भक्तजनलाई एकजुट गर्ने मात्र नभई गहन आध्यात्मिक र सांस्कृतिक अर्थ पनि बोकेको छ ।

चिसो मौसम भए पनि ठूलो सङ्ख्यामा भक्तजनहरूले सङ्गमको पवित्र जलमा स्नान गर्न चिसोको सामना गरेका छन् ।

यो कार्यक्रम भाषा, जीवनशैली र परम्पराका सीमाहरू पार गर्दै सामूहिक आध्यात्मिकताको एक महत्वपूर्ण प्रतीक हो ।

उत्सव जारी रहँदा अधिकारीहरूले जनवरी २९ को मौनी अमावस्याका लागि व्यापक तयारी गरिरहेका छन् । उक्त दिन अझै ठूलो भीडको अपेक्षा गरिएको छ ।

यस अवधिमा अनुमानित ४५ करोड आगन्तुकको अपेक्षित उपस्थितिले भारतका लागि एक ऐतिहासिक अवसर बनाउनेछ ।

महा कुम्भ मेला आगन्तुकहरूका लागि एक विस्मयकारी दृश्य बनिरहेको छ । त्यहाँ विभिन्न पृष्ठभूमि र जीवनका क्षेत्रका मानिसहरू साझा आध्यात्मिक उद्देश्यका लागि प्रयागराजमा एकजुट हुन्छन् । रासस/एएनआई

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्