विराटनगर–किमाथांका जोडियो सडक सञ्जालमा, त्रिदेशीय लाइफलाइनको दुरी ३९० किलोमिटर

<span class='c1'>विराटनगर–किमाथांका जोडियो सडक सञ्जालमा, त्रिदेशीय</span> <span class='c2'>लाइफलाइनको दुरी ३९० किलोमिटर</span>

विराटनगर । त्रिदेशीय लाइफलाइन मानिने विराटनगर–किमाथाङ्का सडक जोडिएको छ । व्यापारिक मार्ग नाम दिइएको कोशी राजमार्ग अन्तर्गत उत्तर–दक्षिण आयोजनाले संखुवासभाको खाँदबारी–किमाथांका सडक खण्डमा ट्रयाक खोल्ने कार्य सम्पन्न गरेको हो ।

संखुवासभाको खाँदबारीदेखि चीनको किमाथांकासम्मको दुरी १५८ किलोमिटर छिचोलिएसँगै तीन देश चिन–नेपाल–भारत सडक सञ्जालले जोडिएका हुन् । विराटनगर रानीदेखि संखुवासभा किमाथांकासम्म ३९० किलोमिटर दुरी पर्दछ । यो नेपालमा तीनवटा देशलाई जोड्ने सबैभन्दा छोटो तथा सर्वकालिक सडकमा पर्दछ ।

२०७६ सालको भदौ २२ गते मन्त्रीपरिषदले उक्त ट्र्याक खुलाउने कार्यको जिम्मेवारी नेपाली सेनालाई दिएको थियो । सेनाले ‘ट्र्याक ओपन’ गराएसँगै अब रानी–किमाथांका सडक सञ्जाल स्थापित भएको छ । सडक विस्तारका क्रममा कडा चट्टा भेटेपछि च्याम्ताङ् देखि घोङ्प्पा सम्मको १०.५१ किलोमिटरको ट्र्याकका लागि बिष्फोटक पदार्थ जरुरी भएपछि नेपाली सेनालाई जिम्मा दिइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्