एजेन्सी । चीनका प्रमुख शहरहरुका आकाशमा हवाई ट्याक्सीहरू लोकप्रिय हुँदै गएका छन् । जसका कारण स्थानीय तहको अर्थतन्त्रको गति बढिरहेको पाइएको छ ।
दक्षिणी शहर शेन्जेनमा, भीडभाड भएका सडकहरूबाट बच्न वा आकाशबाट दृश्यावलोकन गर्ने उद्देश्यका लागि हेलिकप्टर उडान बुक गर्ने गरिएको पाइन्छ ।
प्रत्येक यात्रा प्रति व्यक्ति ८० अमेरिकी डलरभन्दा माथिको लागत लाग्ने गरेको छ । उडानको अपरेटरले भने टेकअफ र अवतरण वा रोटेशनका आधारमा पनि लागत निर्धारण हुनेछ ।
त्यस्तै मानवरहित विमानले दुई जना यात्रु बोकेर ३० किलोमिटरसम्म उड्न सक्ने भएकाले उक्त विमानप्रति पनि मानिसहरुको आकर्षण देखिएको छ ।
चीनको नागरिक उड्डयन प्रशासनको तथ्याङ्कले गरेको अनुमान अनुसार यस वर्ष देशको कम उचाइ अर्थात हवाई ट्याक्सीमार्फत अर्थतन्त्रको मूल्य लगभग २०५ बिलियन अमेरिकी डलर हुनेछ र २०३५ सम्म ४७८ बिलियन हुनेछ ।सीसीटीभीप्लस