२१ औं शताब्दीको विद्यालय शिक्षा

<span class='c1'>२१ औं शताब्दीको</span> <span class='c2'>विद्यालय शिक्षा</span>

-बि. बि. लिम्बू
विद्यालय शिक्षा एक परिवर्तनकारी दृष्टिकोण हो जसले विद्यार्थीहरूलाई भविष्यको बद्लिदो, जटिल र अन्तरसम्बन्धित समाजमा बैयक्तिक तथा ब्यवशायिक जीवन निर्वाह गर्न आवश्यक गुण, ज्ञान, सीप र स्वभावहरू प्रदान गर्दछ । २१ औं शताब्दीको विद्यालय शिक्षाले घोकन्ते र परम्परागत शिक्षण विधिहरूबाट माथि उठेर सिकाई–केन्द्रित, अनुभव तथा सोधपुछमा–आधारित शिक्षण विधिहरू मार्फत समय सापेक्ष सिप तथा क्षमता विकास गर्ने शिक्षाको परिकल्पना गर्दछ फलतः विद्यार्थीहरूमा निम्न बमोजिमका क्षमता तथा सिपको विकासलाई जबर्जस्त बढावा दिन्छ :

आलोचनात्मक सोच र समस्या समाधान गर्ने सिपको विकास : विद्यालयले विभिन्न कार्यक्रमार्फत अवसरहरू सृजना गरेर विद्यार्थीहरूलाई सुचना तथा जानकारीहरूको विश्लेषण गर्न, प्रमाणहरूको मूल्याङ्कन गर्न र जटिल चुनौतीहरूको रचनात्मक समाधानहरू विकास गर्न प्रोत्साहित गर्नुपर्दछ । जसले गर्दा विद्यार्थीहरूमा, जीवनमा आइपर्ने समस्या समाधान गर्न आवश्यक, आलोचनात्मक सोच सहित विश्लेषण, संश्लेषण, र मूल्याङ्कन गर्ने जस्ता उच्चतम तहका सिकाइ कौशलको विकास हुन्छ ।

रचनात्मकता र नवीनतम चेतनाशक्तिको विकास : २१ औं शताब्दीको विद्यालय शिक्षाले कल्पना शक्ति, मौलिकता र कक्षाकोठाभन्दा बाहिरको सिकाइलाई अर्थात पर्खालबाहिर सोच्ने क्षमतालाई प्रोत्साहीत गर्नु पर्दछ । यसो गरेमा विद्यार्थीहरूमा प्रयोग, अनुसन्धान र अभूतपूर्व विचारहरूको विकासको लागि अवसरहरू प्राप्त हुन्छन । किन की कल्पना शक्ति कुनै पनि समस्याको रचनात्मक समाधानको प्रस्थान बिन्दु हुनसक्दछ । त्यसैले विद्यार्थीहरूमा रचनात्मकता र नवीनतम चेतनाशक्तिको विकासको लागि शिक्षण सिकाईमा कल्पना शक्तिको प्रयोगको वातावरण अनिवार्य गर्नु पर्दछ ।

सहकार्य र सञ्चार कौशलको विकास : विद्यार्थीहरूलाई सँगै काम गर्न, विचारहरू साझा गर्न र प्रभावकारी रूपमा आफ्ना विचार र निष्कर्षहरू आदान प्रदान गर्न प्रोत्साहित गर्नु पर्दछ । यसका लागि विद्यालयमा परस्पर सहयोगका साथ मिलेर सिकाइ गर्ने वातावरण तथा रणनीतिहरू सुनिस्चीत गरीनु पर्दछ । शिक्षक शिक्षीकाहरूले परियोजनाहरूको माध्यमद्वारा विद्यार्थीहरूको सिकाइलाई निरन्तरता दिनुपर्दछ । जसले गर्दा एक आपसमा छलफल गर्दै समूहमा कार्य गर्ने सिप तथा सक्षमताको विकासलाई प्रोत्साहीत गर्दछ ।

डिजिटल साक्षरता र प्रविधि सिपको विकास : आजको डिजिटल युगमा विद्यार्थीहरू प्रविधिको प्रभावकारी रूपमा प्रयोग गर्न सिपालु हुन्छन् । उनीहरू प्रविधिको प्रयोगमा नै धेरै आकर्षित पनि छन् । तसर्थ, सिकाइमा रुचिपूर्ण संलग्नता बढाउनको लागि प्रविधिलाई पाठ्यक्रममा एकीकृत गरिनु अनिवार्य हुन्छ । स साना वालवालीकाहरूलाई स्क्रीन लत छुटाउन पनि, प्रविधिको सही तथा सृजनात्मक प्रयोगमा जोड दिनु पर्दछ र त्यसका लागि विद्यालयले डिजिटल शिक्षामा आवस्यक लगानी तथा शिक्षक शिक्षीकाहरूलाई डिजिटल शिक्षा शिक्षणको लागि तयारी गर्न अनिवार्य हुन्छ ।

विश्वव्यापी चेतना र अन्तरसांस्कृतिक समझदारीको विकास : आजको दिनमा विद्यालय शिक्षाको अर्को महत्वपूर्ण विषय भनेको विश्वव्यापी चेतनाको विकास पनि हो । २१ औं शताब्दीको विद्यालय शिक्षाले विभिन्न कार्यक्रम मार्फत विद्यार्थीहरूलाई विविध सांस्कृतिक परिदृश्य र विश्वव्यापी मुद्दाहरूको बुझाइ विकास गर्न प्रोत्साहित गर्नु पर्दछ । यसले उनीहरूलाई एक सक्रिय र जिम्मेवार विश्वव्यापी नागरिक बन्न सहयोग पुर्याउँदछ ।

आध्यात्मीक तथा मानवीय मूल्यको विकास : उत्तर आधुनिकता र प्रविधिहरूको प्रभावले आजको पुस्ता मानसिक विकारको शिकार भएका तथ्यहरू जगजाहेर छन् । मानिसहरू विभिन्न प्रकारका मानसिक समस्याहरु सँग जुधिरहेका छन् । यस सन्दर्भमा, आजको विद्यालय शिक्षाले नियमीत ध्यान–योग कक्षाहरू मार्फत विद्यार्थीहरूमा को हो ? मेरा प्राथमिकताहरु के के हुन् ? म के गरीरहेको छु ? के गर्नु पर्ने हो ? मेरो लागि मेरो स्वास्थ्यको महत्व के छ ? मेरो जीवनमा मेरो सिकाई तथा शिक्षाको महत्व के छ ? आदिु जस्ता प्रश्नहरूमा चिन्तन मनन् गराउनु पर्दछ । त्यसै गरेर, भौतिक सुखको अन्त्यहीन प्रतिसपर्धामा दौडीरहेको समाजलाई मानवीय मुल्य मान्यता सम्झाउन, विद्यालय शिक्षा मार्फत आजको पुस्ताका विद्यार्थीहरूमा मानवीयता पुन :जागरण गराउन, आध्यात्मीक तथा मानवीय मूल्यमा आधारीत पाठ्यक्रम विकास गरी सोही अनुरुपका सिप तथा सक्षमता विद्यार्थीहरूमा विकास गर्नु पर्दछ ।

यसरी, २१ औं शताब्दीको विद्यालय शिक्षाले जीवनपर्यन्तको शिक्षालाई जोड दिन्छ । यसले विद्यार्थीहरूमा सिकाइप्रतिको आकर्षण बढाएर निरन्तर व्यक्तिगत एवम् व्यावसायिक वृत्ति विकासको इच्छा शक्तिलाई बढाउन प्रोत्साहित गर्दछ र आजका विद्यार्थीहरू भबिस्यका नयाँ चुनौतीहरू र अवसरहरू अँगालेर जीवनभर वातावरण अनुकूल जिउन र विकसित हुन एवम् सिक्न तयार हुन्छन् ।

निष्कर्षमा, २१ औं शताब्दीको विद्यालय शिक्षा एक गतिशील र विकसित दृष्टिकोण भएकोले जसले विद्यार्थीहरूलाई भविष्यका चुनौती र अवसरहरूको लागि तयार गर्दछ । आलोचनात्मक सोच, रचनात्मकता, सहयोग, डिजिटल साक्षरता, विश्वव्यापी जागरूकता, र आध्यात्मीक तथा मानवीय मूल्यमा आधारीत शिक्षा मार्फत जीवनभर सिकाइमा ध्यान केन्द्रित गरेर, विद्यालयहरूले विद्यार्थीहरूलाई २१ औं शताब्दी र त्यसपछिका समयको चुनौतीको सामना गर्न र अवसरहरूको सदुपयोग गरेर सचेत, संलग्न र सवल नागरिक बन्न सशक्त बनाउन सक्नु पर्दछ ।

(लेखक दिल्ली पब्लिक स्कुल विराटनगरका प्रिन्सीपल हुनुहुन्छ)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्