विराटनगर । विश्व क्यान्सर दिवसको अवसरमा मोरङको बुढीगंगा-२ स्थित रेवन्त–रुक्मणि मेमोरियल विराट क्यान्सर इन्स्टिच्युटले क्यान्सर सम्बन्धि जनचेतनामूलक मोटरसाइकल र्याली आयोजना गर्ने भएको छ।
माघ २२ गते मंगलबार बिहान ९ बजे इन्स्टिच्युटको पार्किङ्गबाट सुरु हुने र्याली विराटनगरको विभिन्न भागहरु हुँदै विराट नर्सिङ्ग होमको पार्किङ्गमा बिहान ९:३० बजे समापन हुने कार्यक्रम रहेको छ।
क्यान्सर रोग सम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको यस र्यालीमा स्वास्थ्यकर्मी, विद्यार्थी तथा स्थानीय नागरिकहरुको सहभागिता रहने अपेक्षा गरिएको छ।
माघ २२ गतेदेखि फागुन १६ गतेसम्म क्यान्सर स्क्रीनिंगहरूमा २५ प्रतिशत छुटको व्यवस्था गरिएको छ। हस्पिटलमा दर्ता गर्दा प्रोमो कोड AASHA2025 प्रयोग गर्नु पर्ने हस्पिटलले जनाएको छ।
र्यालीले क्यान्सर रोगको पहिचान, रोकथाम र उपचारका बारेमा जनचेतना फैलाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास इन्स्टिच्युटले लिएको छ। यस्ता कार्यक्रमहरुले समुदायमा क्यान्सर रोग सम्बन्धी रहेको भ्रम र गलत धारणाहरु हटाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।