सुनसरीबाट लागूऔषध ब्राउनसुगरसहित चार जना पक्राउ

<span class='c1'>सुनसरीबाट लागूऔषध ब्राउनसुगरसहित</span> <span class='c2'>चार जना पक्राउ</span>

सुनसरी । सुनसरीको कोशी गाउँपालिका-१ र भोक्राहा नरसिंह गाउँपालिका-३ स्थितबाट ब्राउन सुगर सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ।

माघ २२ गते लागूऔषध नियन्त्रण व्युरो विराटनगर र इलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा सुनसरी रामधुनी नगरपालिका-३ का २३ वर्षीय मो. जाविरलाई १ ग्राम १० मिलिग्राम ब्राउन सुगर सहित, सप्तरी कन्चनरुप नगरपालिका-७ का २२ वर्षीय बिजय खडकालाई २ ग्राम ६८ मिलिग्राम ब्राउन सुगर, नाईट्राभेट १५ ट्याव्लेट सहित, सप्तरी हनुमानगर कंकालिनी नगरपालिका-१० का २४ वर्षीय रोहित मण्डललाई २ ग्राम ४१० मिलिग्राम सहित र उदयपुर रौतामाई-७ का २८ वर्षीय पदम बहादुर मगरलाई २० ग्राम ४०० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ ।

लागूऔषध ब्राउन सुगर सहित पक्राउ परेका उनीहरुको घटना सम्बन्धमा थप अनुसन्धान तथा कानुनी कारबाही भईरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्