विराटनगर । प्रेस काउन्सिल नेपालले झापाको शिवसताक्षी नगरपालिकामा भएको घटनालाई 'अमला काण्ड' भनेर प्रसारण गर्ने ३८ वटा युट्युब च्यानलमाथि कारबाही गरेको छ।
गोपनीयता उल्लङ्घन, मानहानी र सनसनीपूर्ण सामग्री प्रसारणका कारण यी च्यानलहरूलाई कारबाही गरिएको हो।
प्रेस काउन्सिलले तत्काल प्रमाण नभएको अवस्थामा पीडित युवती, आरोपी पुरुष, शिशु र परिवारका व्यक्तिगत भिडियो तथा तस्बिरहरू सार्वजनिक गरेको भन्दै आपत्ति जनाएको छ। सामाजिक सञ्जालमा भ्युअर्स बढाउने उद्देश्यले चरित्र हत्या र व्यक्तिगत गोपनीयता उल्लङ्घन गरिएको भन्दै संस्थाले चिन्ता व्यक्त गरेको छ।
काउन्सिलले यस्ता क्रियाकलापले पीडित र परिवारलाई थप पीडा पुर्याउने र सार्वजनिक संवेदनशीलतामा नकारात्मक असर पार्ने बताएको छ। मिडियाका रूपमा दर्ता नभएका युट्युब च्यानलहरूलाई प्रचलित कानुनअनुसार कारबाही गर्न नेपाल प्रहरी (साइबर ब्यूरो) लाई पत्राचार गरिएको जनाइएको छ।