राष्ट्रभक्तिको भावना कमजोर हुँदै जाँदा विदेशिने होड चल्यो : अध्यक्ष प्रचण्ड

<span class='c1'>राष्ट्रभक्तिको भावना कमजोर हुँदै जाँदा विदेशिने</span> <span class='c2'>होड चल्यो : अध्यक्ष प्रचण्ड</span>

जनकपुर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल ‘प्रचण्ड’ले युवा जनशक्ति निरन्तर विदेश पलायन भइरहेकाले देशको औद्योगिक तथा आर्थिक विकास ठप्प परेको बताएका छन् ।

आइतबार जनकपुरधाम उद्योग वाणिज्य संघमा उद्योगी–व्यवसायीसँगको भेटमा अध्यक्ष प्रचण्डले औद्योगिक र आर्थिक विकासबिना समृद्धि सम्भव नहुने उल्लेख गर्दै उनले युवा जनशक्ति बाहिरिँदा औद्योगिक गतिविधिहरू प्रभावित भइरहेको बताएका हुन् ।

डलरको लोभ तथा राष्ट्रभक्तिको भावना कमजोर हुँदै जाँदा विदेशिने होड चलेको छ । यसलाई रोक्न नैतिक र राष्ट्रभक्तिको शिक्षा आवश्यक रहेको उनले बताए ।

त्यस्तै अध्यक्ष प्रचण्डले राजनीतिक स्थिरता तथा सुशासनका लागि कार्यकारी शासकीय प्रणाली आवश्यक रहेको बताए । अहिलेको शासकीय प्रणालीमा स्थिरता कायम गर्न कठिन रहेको उनले स्पष्ट पारे । उनले जनकपुरधाम ऐतिहासिक शहर भए पनि राजनीतिकरणका कारण वीरगञ्ज र विराटनगरभन्दा पछि परेको बताए । अब जनकपुरधामको विकासका लागि आफूले सक्दो प्रयास गर्ने प्रतिबद्धता व्यक्त गरे ।

जनकपुर रेलवे सुधारका लागि मालवाहक बोगी थप्न पहल गर्ने उनले बताए । भारतसँग भएको विद्युत व्यापारले नेपालको आर्थिक विकासमा ठूलो योगदान पुर्याउने विश्वास व्यक्त गरे । जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष सुरेन्द्र भण्डारीको अध्यक्षतामा आयोजित भेटघाट कार्यक्रममा व्यापारीहरूले नेपालमा औद्योगिक विकासको कमी, युवा पलायन जस्ता विषयमा अध्यक्ष प्रचण्डको ध्यानाकर्षण गराएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्