प्रधानसेनापतिद्वारा दर्ज्यानी चिह्न प्रदान

<span class='c1'>प्रधानसेनापतिद्वारा दर्ज्यानी</span> <span class='c2'>चिह्न प्रदान</span>

काठमाडौँ । प्रधानसेनापति अशोकराज सिग्देलले नेपाली सेनाको उपरथीमा हालै पदोन्नति हुनुभएका कृष्णबहादुर जिसीलाई दर्ज्यानी चिह्न प्रदान गर्नुभएको छ ।

सैनिक मुख्यालय जङ्गीअड्डामा आज आयोजित कार्यक्रममा उहाँलाई उपरथी दर्जाको दर्ज्यानी प्रदान गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

सरकारले उहाँलाई यही फागुन १२ गते उपरथीमा बढुवा गर्ने निर्णय गरेको थियो । पदोन्नतिसँगै उपरथी जिसीलाई मध्य पूर्वी पृतनाको पृतनापतिमा नियुक्त हुनुभएको छ ।

सोही अवसरमा महासेनानीमा पदोन्नति हुनुभएका प्राविधिक प्रमुख सेनानी डा कुन्दविक्रम शाहलाई पनि दर्जाको दर्ज्यानी चिह्न प्रदान गरिएको सेनाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्