एउटा कुलमान लेखेटे, हजारौँ कुलमान ल्याउनेछौँ : सांसद झा

<span class='c1'>एउटा कुलमान लेखेटे, हजारौँ कुलमान</span> <span class='c2'>ल्याउनेछौँ : सांसद झा</span>

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनीष झा ले सरकारले कुलमानलाई लखेट्न लागेको भन्दै विरोध जनाएका छन्।

प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले सरकारले आफ्नो कार्यकर्ता भर्ती गर्न नपाएर कुलमानसँग प्रतिशोध साँधेको बताएका हुन् । उनले भने, ‘सरकारले कुलमान घिसिङ जस्तो कम्पनिलाई फाईदामा पुर्याउनेहरुलाई मूल्यांकन जिरोमा गरिरहेको छ , विभिन्न बहनामा आफ्‌ना कार्यक्रता भर्ति गर्न पाएन भनेर निष्काशन गरिरहेको छ । विभिन्न परिपञ्चहरु सिर्जना गरिरहेको छ, त्यसैले सरकार हामी खबरदार भन्न चाहन्छौँ, एउटा कुलमानलाई लखेट्यौं भने हजारौँ कुलमान ल्यानेछौँ ।’

उनले उदयपुर सिमेन्ट कम्पनीबाट आजभन्दा ३ वर्ष अगाडि नै अवकाश प्राप्त गरेका १०३ जनाले आजसम्म पाउनुपर्ने भुक्तानी नपाएको विषय उठाएका छन्।
श्रम ऐन २०७४ को दफा १४८ को उपदफा १ मा कसैले अवकाश प्राप्त गरेको वा रोजगारी अन्त्य भएको १५ दिनभित्र पारिश्रमिक, सुविधानलगायतको भुक्तानी गरिसक्नुपर्ने प्रावधान रहेको भएपनि सरकारले ती वर्षसम्म पाउनुपर्ने सेवा सुविधा वापतको रकम नदिएको बताए ।

उदयपुर सिमेट कम्पनीबाट अवकाश पाएका १०३ जनामध्ये केहीको पैसाको अभावमा उपचार गर्न नसकेर मृत्यु भइसहेको र केही अझै अस्पतालमा रहेको बताए । उनीहरुले पाउनुपर्ने सेवासु्‌िवधा तत्काल भुक्तानी गर्ने व्यवस्था मिलाउन सांसद झाले सरकारको ध्यानाकार्षण गराए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्