अध्यादेशमा प्रतिपक्षीले काँडैकाँडा देखे, सरकारले फूलै फूल देखेको छ : मन्त्री गुरुङ

<span class='c1'>अध्यादेशमा प्रतिपक्षीले काँडैकाँडा देखे, सरकारले फूलै</span> <span class='c2'>फूल देखेको छ : मन्त्री गुरुङ</span>

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले सरकारले जारी गरेको अध्यादेशविरुद्धमा प्रतिपक्ष भएपछि विरोध गर्नुपर्छ भन्ने सोचले मात्र विरोध गरेको बताएका छन् ।

बुधबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले यो अध्यादेश फूलको आँखामा फूलै संसार काँडाको आँखामा काडै संसार भने जस्तो प्रतिपक्षले काँडैकाँडा मात्र देखे सरकारले फूलै फूल देखेको बताए ।

उनले भने, ‘नेपाल सरकारले जारी गरेको अध्यादेश बारे छलफलको क्रममा ७ जना मान्यहरुले आफ्‌नो भनाई राख्नु भएको छ । सबैभन्दा पहिला म के अनुरोध गर्न चाहान्छु भने अघिल्लो पटकको अध्यादेशको यसै छलफलमा बोल्न आउने यी धेरै मान्यहरु सत्ता पक्षमा हुनुहुन्थ्यो खनि यही अध्यादेशको बारेमा कसरी वकालत गर्नु भएको थियो त्यो हेरेपछि प्रष्ट हुन्छ । त्यसकारण यो अध्यादेश फूलको आँखामा फूलै संसार काँडाको आँखामा काडै संसार भने जस्तो हो । उहाँहरुले काँडैकाँडा मात्र देख्नु भएछ हामीले फूलै फूल देख्या छौ । प्रतिपक्षमा हुनुभएका दलहरुसँग बल त हुन्छ विरोध गर्ने तर विषय नै पाउनु भएन कहाँ र कुन दफामा विरोध गर्ने भनेर, उहाँहरुको अभिव्यक्तिबाट मलाई त्यस्तै लाग्यो । विरोध गर्नुपर्छ भनेर गर्नुभयो त्यति हो ।’

यसको साथै, उनले आज सुशासन कायम गर्ने कुरा, सार्वजनिक सेवालाई प्रवाह गर्नुपर्ने कुरा आजको दिनमा अत्ति आवश्यक भएको हुनाले राष्ट्रिय र प्रतिनिधि दुवै सदन नचलेको बेला अध्यादेश मार्फत ल्याएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्