मेयर शाहलाई आफूहरुको अभियानमा जोडिन दुर्गा प्रसाईको सुझाव

<span class='c1'>मेयर शाहलाई आफूहरुको अभियानमा</span> <span class='c2'>जोडिन दुर्गा प्रसाईको सुझाव</span>

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहलाई राजीनामा दिएर आफूहरुको अभियानमा जोडिन आग्रह गरेका छन् ।

शुक्रबार आफ्नै निवासमा पत्रकार सम्मेलनको आयोजना गरी उनले राजनीतिको खिचडीमा बस्नुभन्दा राजीनामा गरेर आफ्‌नो अभियानमा जोडिन सुझाएका हुन्।

उनले भने,‘म बालेन भाइलाई पनि के भन्न चाहन्छु भने छोड्दिनुहोस् त्यहाँ राजीनामा दिनुहोस् र त्यो खिचडीमा बस्नुभन्दा आउनुहोस् हाम्रो अभियानमा । तपाई महान हुनुहुन्छ । स्वतस्फूर्त रुपमा दोकान बन्द गरेर राजाको स्वागतमा आउनको लागि म सबै नेपालीहरुलाई आग्रह गर्दछु ।’

प्रसाईले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका लागि ढाडमा प्रेसर कुकर बम नबोकेको भए, सहयोग नगरेको भए आज आफ्नी नातिनीका लागि अमेरिकामा घर किन्न सक्थे वा प्रधानमन्त्री बन्न सक्थे भन्दै प्रश्न गरे । हामीले ढाडमा प्रेसर कुकर बम नबोकेको भए, सहयोग नगरेको भए आज नातिनीका लागि अमेरिकामा घर किन्न सक्थे, स्वीटरजल्याण्डमा घर किन्थे र प्रधानमन्त्री हुन्थे ?आज आएर राजतन्त्र रछ्यानमा फालिसकेको रे । अब तपाईहरुलाई रछ्यानमुनी फाल्छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्