विराटनगरको जैन भवन : तानमा ढाका बुन्दै, महोत्सवमा रमाउँदै

<span class='c1'>विराटनगरको जैन भवन : तानमा</span> <span class='c2'>ढाका बुन्दै, महोत्सवमा रमाउँदै</span>

विराटनगर । तेह्रथुम जिल्लाको म्याङ्लुङ–१ मा फक्ताङलुङ ढाका कपडा उद्योग २२ वर्षदेखि सञ्चालनमा रहेको छ । उमेरले ५० वर्ष पुगेकी शान्तिला फुदुङले १२ वर्षको उमेरदेखि धागोसँग जीवन बुनिरहनु भएकी छ । अर्थात्, धागोले बुनेर ढाका कपडा उत्पदान गर्दै आएकी उनी जीवन चलाईरहेकी छिन् ।

तानमा मन दिएर बनुेका कपडा लिएर फुदुङ अहिले ढाका महोत्सवमा विराटनगर आएकी हुन् । २०५९ सालमा आफैं उद्योग स्थापना गरेर दशवटा तानमा पाँचजनालाई रोजगारी दिर्दै आएको उनले सुनाइन् ।
विराटनगरमा ढाका कपडा महोत्सव लाग्ने भएपछि फुदुङ तानसहित प्रदर्शनीस्थलमा छिन् । तानमा धागो बुन्दैपनि गर्छु, महोत्सवमा रमाउँदै पनि गर्छु, फुदुङले भनिन्–हाम्रो हातको सीप महोत्सवमा सजाएर राख्ने अवसर पाउनु पनि राम्रो अवसर हो । उनले महोत्सवको पहिलो दिन बिहीबार १२ हजारको कपडा बिक्री गरिन् । शुक्रबार पनि बिक्छ भन्ने उनको बुझाई छ ।

ताप्लेजुङको फुड्लिङ नगरपालिका ७ को सोनी ढाका कपडा उद्योग सञ्चालक बचनकुमार लिम्बु पनि दैनिक मन तानमै झुम्मिन्छ । २०५३ सालदेखि ढाका उद्योग स्थापना गरेर कपडा बुन्दै आएकी उनी यसैमा दैनिकी चलाईरहेकी छिन् । ५३ वर्षीया लिम्बुका अनुसार सीपले पेसा पक्रायो, पेसाले उद्योगी बनाएर चिनाएको छ ।
धरान उपमहानगरपालिका ११ मा २०५२ सालदेखि कल्पना ढाका उद्योग स्थापना गरेर कपडा बुन्दै आउनु भएकी कल्पना राई, आफ्नो मेहनत खेर नजाने बताउँछिन् । उनले २२ वर्षदेखि यो उद्योगको काम गरिरहेको सुनाइन् ।

माग अनुसार यसमा बुट्टा भर्नेदेखि डिजाइन पस्कनेसम्मको सीपमा महिलालाई पोख्त समेत बनाई रहेको उनको बुझाई छ । ढाकामा पाका भएकाहरुको अनुभवमा अहिले युवा पुस्ताको रोजाइमा यो पोशाक पर्न थालेको छ । त्यसले व्यवसायमा नयाँपन समेत भित्र्याएको छ । ढाकामा फेब्रिकको संयोजन गरेर बनाईने लेहेंगा, चोली, वानपिस, कोट, साडीदेखि जुत्ताचप्पल र ब्याग समेत आकर्षक हुने गरेका छन् ।
ढाकाको छुट्टै पहिचान र मौलिकता पनि छ, फक्ताङलुङ ढाका कपडा उद्योग सञ्चालक फुदुङ भनिन्–फेसन भित्र्याएर त्यसलाई तेह्रथुमे भनियो तर त्यो चाँहि भन्न हुँदैन । तेह्रथुमको ढाकालाई फेब्रिकसँग संयोजन गरेर दिइने नयाँ डिजाइन समयको माग हो, त्यो अर्गानिक चाँहि हैन । फुदुङले उद्योग सञ्चालन गर्न सहज असहज दुवै रहेको सुनाइन् । असहज चाँहि ढाकाका लागि धागो देशमा छैन । आयात हुने धागोबाट बुन्ने ढाकाको मूल्य बढी पर्नजान्छ । उहाँले स्थानीय सरकारले केहि आर्थिक सहयोग गरिरहेको बताउँदै यसलाई प्रदेशले प्राथमिकतामा राख्नुपर्ने माग गरिन् ।

नेपाली ढाकाको पोशाकले गौरवको संकेत गर्दछ । पहिला चोलो, टोपी, सल मात्रै बन्ने ढाकाबाट अहलिे वानपिस, गाउन, लेहंगा, सारी–ब्लाउज, स्कर्ट, ज्याकेट, वेस्ट कोट, टिसर्ट, ट्राउजर, दौरासुरुवाल समेत बन्ने गरेको धरानको कल्पना ढाका उद्योग सञ्चालक राईले जानकारी दिइन् । तर, जति धेरै किसिमका कपडा बुन्ने उति नै धेरै किसिमको तान पनि लगाउनु पर्ने हुन्छ ।
नेपालको मौलिक संस्कृति, परम्परा र पहिचानको पोशाकलाई बजारीकरण गर्नका लागि विराटनगरमा बिहीबारबाट ढाका कपडा महोत्सव सुरु भएको हो । नेपाल उद्योग वाणिज्य महासंघले कोशीले प्रदेशका ताप्लेजुङ, पाँचथर, इलाम, धनकुटा, तेह्रथुम लगायतका क्षेत्रमा उत्पादन हुने ढाकालाई तराईका बजारमा प्रयोग बढाउने उद्देश्यसहित विराटनगरमा आयोजना गरेको महोत्सवमा ३० उद्योगका उत्पादन स्टलमा राखिएका छन् । तयसमध्ये तानसहित उद्योगीले ढाकाका कपडा प्रदर्शनमा राखेका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघ कोशी, महिला उद्यम समिति संयोजक सुरु केसीले पहाडी ग्रामिण क्षेत्रका महिला जोडिएका उद्योगको प्रवद्र्धन गर्ने उद्देश्य पनि महोत्सवमार्फत राखिएको बताइन् । उनले ढाका कपडालाई कसरी प्रदेशमा प्रयोग बढाउने, यसलाई कसरी बजारीकरण गर्ने र अन्तराष्ट्रियस्तरका मञ्चमा यसको प्रवद्र्धन गर्ने भन्ने लक्ष्य महोत्सवबाट पुरा हुने विश्वास व्यक्त गरिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्