पार्टी नेतृत्व र सरकारप्रति जनता निराश छन् : नेता कोइराला

<span class='c1'>पार्टी नेतृत्व र सरकारप्रति जनता</span> <span class='c2'>निराश छन् : नेता कोइराला</span>

काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले जनतामा नेतृत्वहरुप्रति वितृष्णा बढेको बताएका छन् ।

आज (शुक्रबार) नेपाली कांग्रेसले काठमाडौंमा आयोजना गरेको विचार गोष्ठीमा बोल्दै उनले दुई दलको सरकार बनाउँदा गरिएको सम्झौता कार्यन्वयन नहुँदा जनता निरासा बढेको बताएका हुन् ।

उनले भने, ‘हामीले राम्ररी काम गर्यौ भने डराउनुपर्ने अवस्था म देख्दिन् । सरकारको नेतृत्व दुई ठुला दलले गरेका छन् । ति दुई ठुला दलको जिम्मेवारीमा रहेको सात बुँदे सम्झौता कार्यान्वयन नै भएन् । जनता निरास भएका छन् । जनता अहिले कसको पक्षमा छ भन्ने होइन, जनता हामीसँग, नेतृत्वहरुप्रति वितृष्णा छ । यस्तो वितृष्णा हामीहरुले हटाउनुपर्छ । वितृष्णा नहटाइ काम गर्यौं भने दुर्घटनामा पर्छौं ।’उनले नेपाली कांग्रेस अहिलेको समस्या समाधानको लागि मियो बन्नुपर्ने समयमा एमाले, माओवादीको पछि लागेको बताए ।

‘नेपाली कांग्रेस नागरिकको पार्टी हो । तर अहिले यतातिर आएर नेपाली कांग्रेस जुन मियो बन्नु पर्ने हो परेन् । अहिलेको समस्याको समाधानका निम्ति नेपाली कांग्रेस आफैं कहिले एमालेको पछि लागिरहेको छ, कहिले माओवादीको पछि लागिरहेको छ ।’
यस्तै नेपाली कांग्रेसका नेता डा.मिनेन्द्र रिजालले सामाजिक सञ्जाल विधेयक नागरिकको गोपनियताको हकमा फोकस हुनुपर्ने बताए ।
यस्तै उक्त विचार गोष्ठीमा बोल्दै नेपाली कांग्रेसका नेता एनपी साउदले सविधान सशोधनको लागि दुई तिहाईको सरकारले पहिले पाइला पनि चाल्न नसकेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्