सिङ्गापुर विरूद्धको खेलमा नेपालले ३६ वर्षपछि जित निकाल्यो

<span class='c1'>सिङ्गापुर विरूद्धको खेलमा नेपालले</span> <span class='c2'>३६ वर्षपछि जित निकाल्यो</span>

काठमाडौँ । जेलेस्पीजङ्घ कार्कीको निर्णायक गोलसँगै नेपालले सिङ्गापुर विरूद्ध ३६ वर्षपछि जित निकालेको छ ।

सिङ्गापुर नेसनल स्टेडियममा आज सम्पन्न मैत्रीपूर्ण खेलमा नेपालले सिङ्गापुरमाथी १–० को जित निकालेको हो । नेपालको जितमा जेलेस्पीले खेलको पहिलो हाफमा गरेको गोल नै निर्णायक गोल बन्यो । उनले १२औँ मिनेटमा मनिष डाँगीको क्रसमा गोल गरेका हुन् । सिङ्गापुर विरूद्ध नेपालले गरेको यो नै पहिलो गोल हो ।

पछिल्लो पटक नेपाल र सिङ्गापुर सन् १९८९ मा आमुन्नेसामुन्ने भएका थिए । सन् १९८९ मा फिफा विश्वकप छनोटअन्तर्गत नेपाल र सिङ्गापुरबीच दुई खेल भएको थियो । जसमा पहिलो खेलमा नेपाल ७–० र दोस्रो खेलमा ३–० ले पराजित भएको थियो ।

नेपालले पहिलो पटक १९८२ को किङ्ग्स कपमा सिङ्गापुरसँग पहिलो पटक खेलेको थियो । त्यतिबेला नेपाल २–० ले पराजित भयो। त्यसपछि सन् १९८६ मा दशरथ रंगशालामा आयोजित पञ्चायत सिल्भर जुबिली कपमा नेपालले सिङ्गापुलाई गोलरहित बराबरीमा रोकेको थियो ।

योसँगै एएफसी एसियन कप छनोट २०२७ खेल्न नेपाल मलेसिया प्रस्थान गर्नेछ । मार्च २५ मा नेपालले घरेलु टोली मलेसियासँग प्रतिस्पर्धा गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्