कथा : एक रातको मजा जिन्दगी भरिको सजा

<span class='c1'>कथा : एक रातको</span> <span class='c2'>मजा जिन्दगी भरिको सजा</span>

-पारस भट्ट 'प्यासी'
शौरभ विवाहित केटा हुन्। उनले केही वर्ष अगाडि धूमधामसँग विवाह गरेका थिए। घरमा एउटा छोरी र एउटा छोरालाई जन्म दिइसकेका थिए। सुन्दर परिवार थियो। विवाह भएको केही समय उनी गाउँमै बसेर जिविका पार्जन गर्न थाले। तर गाउँमा कमाएको पैसा निकै थोरै मानेर छिमेकीसँग ऋण लिएर उनी विदेश गए।

केही दिन त शौरभलाई छिमेकीहरूको ऋण तिर्नुपर्ने कुराले सताइरह्यो। तलब आयो भने घर पठाउँछु भन्ने सोच बनाएका थिए। रुममा केही विदेशी केटाहरू पनि थिए, जो शौरभका साथी बनिसकेका थिए। ती साथीहरू गलत थिए, तर शौरभलाई थाहा थिएन।

साथीहरू आपसमा कुरा गर्दै तलब आएको दिन जाँड–रक्सी खाने, रमाउने, होटेल जाने योजना बनाइरहेका थिए। शौरभको कानमा पनि ती कुरा परे, र उनले पनि उनीहरूसँगै जाने, रमाउने निर्णय लिए।

घरबाट श्रीमतीले फोन गरेर छिमेकीको ऋण तिर्नुपर्ने कुरा सुनाइन्। "तलब आयो कि?" भनेर सोधिन्। तर शौरभले "कम्पनीको काम राम्रोसँग चलेको छैन, तलब आएको छैन, अर्को महिना आउँछ" भनेर ढाँटिदिए।

तर पहिलो तलब हातमा पर्नासाथ, उनले विदेशी साथीहरूसँगै महँगो होटेलमा एक रात बिताउने योजना बनाए। विदेशकै स्टार होटेलमा बुकिङ गरे—सपनाजस्तै माहोल! आलीशान कोठा, मिठा परिकार, महँगो वाइन... सबथोक अनुभव गरे।

एउटा रातका लागि उनले महिनाभरको मेहनत खर्च गरिसके। खल्ती खाली थियो, बैंक खातामा शून्य थियो।

होटेलको आरामदायी ओछ्यान, विदेशी केटीको न्यानो काख अब भारी लाग्न थाल्यो। अघिल्लो रातको उत्तेजना बिहानको पछुतोमा बदलियो।

उनले यस्तो काम अब कहिल्यै नगर्ने बाचा गर्दै आफ्नो काम गर्न थाले। तर दोस्रो महिनाको तलब आएपछि साथीहरूले फेरि होटेल जान रमाउन कर गरे। शौरभ जान मानिरहेका थिएनन्, तर साथीहरूले "हामी नै खर्च बेहोरौँला, तिमी त पैसा घर पठा" भने। उनले पनि "ठीकै छ" भन्दै फेरि त्यो महिनापनि होटेल गैहाले।

अघिल्लो महिनाजस्तै रातभर ह्विस्की, बियर खाएर विदेशी केटीहरूको काखमा निदाए। भोलिपल्ट बिल हेर्दा अघिल्लो महिनाको भन्दा चार गुना बढी आएको थियो। रुमका सबै साथीहरूले बिल तिर्दा समेत पैसा पुगेन। फेरि शौरभले दिनै पर्ने बाध्यता बन्यो।

खर्च त जति शौरभले तिर्‍यो, त्यति मात्र भएको थियो। तर साथीहरूले तिरेजस्तो मात्र गरेका थिए। वास्तवमा, ती साथीहरूले होटलसँग मिलेर पैसा कमाउने योजना बनाएका थिए, शौरभलाई थाहा थिएन।

गलत साथीहरूको संगतले विस्तारै शौरभको आदत नै बन्दै गयो। अब त रुममै पनि जाँड–रक्सी खाने बानी परिसकेको थियो।

श्रीमतीले घरबाट फोन गर्दा "कम्पनी चलेको छैन, खान–बस्न मात्र दिएको छ, तलब आउँदैन" भनेर ढाँट्ने बानी परिसकेको थियो।

गाउँमा श्रीमतीलाई छिमेकीको ऋण सताउँथ्यो। उता श्रीमानको चिन्ता।

एक दिन गाउँमा अचानक छोरा बिरामी भयो।

श्रीमतीले श्रीमानलाई फोन गरेर बताउने आँट गरिनन्। किनकि श्रीमानलाई "तलब नआएको", "ऋण तिर्न नसकेको" चिन्ता थियो। झन् छोरा बिरामी भएको खबर कसरी सुनाउन सक्थिन्?

गाउँमा गएर फेरि छिमेकीहरूसँग ऋण माग्न हात जोडिन्। तर कसैले पत्याएनन्। "श्रीमान् विदेश जाँदा एक-दुई महिनामा फिर्ता गर्छु भनेका थिए, तर अहिलेसम्म त सबै ऋण बाँकी छ" भन्दै पन्छिए।

उता विदेशमा शौरभको तलब आएको थियो। तर उनको आदत बिग्रिसकेको थियो। त्यो दिन पनि होटेल जाने तयारी गर्दै थिए। गाउँबाट श्रीमतीले "श्रीमानलाई चिन्ता हुन्छ" भनेर फोन गर्न सकेकी थिइनन्।

छोरा बिरामी भएर अन्तिम अवस्थामा पुगिसकेको थियो।

तर सौरभ विदेशमा होटेलमा रमाइरहेका थिए। श्रीमती छटपटाइरहेकी थिइन्।

अन्ततः श्रीमतीले छोराको अवस्था लुकाउन सकिनन्। उनले फोन गरेर भनिन्—

"छोरा बिरामी छ। गाउँभरि ऋण मागे, कसैले पत्याएनन्। अब के गर्ने? तपाईँका कुनै मिल्ने साथीभाइबाट ऋण गरेर भए पनि पैसा पठाइदिनुहोस्। कम्पनीको काम चलेपछि फिर्ता गर्नुहोला। नत्र हामीले हाम्रो छोरा गुमाउनु पर्छ।"

शौरभले श्रीमतीलाई आश्वस्त पार्दै भने— "हुन्छ, म साथीहरूलाई भनिदिन्छु, पैसा पठाउँछु। तिमी छोरालाई अस्पताल लगिहाल"

श्रीमतीले अस्पताल लगिन्।

उता विदेशमा शौरभले रुमका साथीहरूलाई ऋण माग्ने कोसिस गरे। तर कसैले एक रुपैयाँ दिएन। बरु हाँस्दै भने—

"हिजो तलब आएको थियो, आज एक रुपैयाँ छैन रे! के गर्‍यौ त्यति पैसा?"

शौरभले भन्यो— "हिजो तिमीसँगै होटेलमा रमाएर सकियो।"

साथीहरूले भने— "हाम्रो पनि त सकियो!"

त्यसबेला शौरभलाई महसुस भयो— मैले मेरो जिन्दगी बर्बाद गर्दैछु।

श्रीमतीले फेरि फोन गरिन्—

"किन पैसा पठाउन भएन? मिलेन कि? छोराको अवस्था गम्भीर भइसकेको छ। गाडी भाडा तिर्नसमेत पैसा छैन!"

शौरभले लाचार भएर भन्यो—

"साथीहरूले पनि ऋण दिएनन्। पैसा पठाउन सकिन बुढी! तिमी लगाएको गहना बेचेर भए पनि छोराको उपचार गराऊ। पछि म गहना जोडी हाल्छु।"

श्रीमतीले "हुन्छ" भन्दै गहना बोकेर छोरालाई अस्पताल लैजान बाटो लागिन्।

तर बाटोमै अचानक छोराको सास रोकियो।

अस्पताल पुग्न नपाउँदै छोराको निधन भयो।
पैसाको अभावले समयमा उपचार नपाएर शौरभले आफ्नै छोरा सदाका लागि गुमाए।

बैतडी,सुदुरपश्चिम

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्