-ऋषि तिवारी
कहिलेकाहीँ काम ज्यादा गर्दा गर्दै ढिलो हुन थाले पछि, साहिँली फोन गर्न थाल्छिन, "हन हौ कता ? अझै छुट्टी हुनेबेला भएको छैन?"
म जवाफ फर्काउछु उनलाई, "किन हल्ला गरिरहेको नि काम सिद्धिए पछि त घर आइहाल्छु त ।"
ल ल राम्ररी आइसियो, फकाउने पाराले बोलिन् ।
मुखमा कुनै गन्ध न होस नि उनी फेरि बोलिको झटारो हान्दै थिइन। "अब पनि त्यो जमाना छ र साहिँली? तिमी मेरो जीवनमा आउनु भन्दा अघि जे थियो त्यो बित्यो, तिमीसंग नयाँ जीवन शुरुवात गरे देखि आजसम्म कुनै मुखमा गन्ध थाहा पायौ त?" मैंले उनलाई नै प्रश्न गरे।
" त्यो त छैन नि, तर पनि ?" बिचमा मेरो संवाद मुखबाट निस्कियो एसरी, "के तर पनि ?" उनको संवाद यसरी, "कसैसंग संगत न गर्नु होला।"
उनले भनेको मैंले बुझें, पिउनेसंग संगत न गर्नु भन्न खोजेकी हो। पिउनेसंग पनि संगत गर्दा के भो र? आफूले पो न पिउने हो साहिँली भन्दै फोनको रिसिभ राखे।
कता कता आज पानपराग खाएछु झुक्किएर, मुखमा पानपरागको गन्ध आएपछि अब यीनले आफू न पिएको अवस्थामा हुँदा पनि शंका गर्छेकी भनेर घरको बाथरुमा गन्ध मेटाउन कुल्ला गर्दै थिएँ । उनी टुप्लुक्कै आइपुगिन् "हन यो के को गन्ध हो ?"
विराटनगर-६, ममता-मार्ग ।