निवारण फाउण्डेसनले स्वास्थ्य शिविर गर्ने

<span class='c1'>निवारण फाउण्डेसनले स्वास्थ्य</span> <span class='c2'>शिविर गर्ने</span>

काठमाडौं । निवारण फाउण्डेसनले सन्जिवनी परियोजना अन्तर्गत ग्रामीण भेगमा स्वास्थ्य शिविर गर्ने तयारी गरेको छ ।

स्वास्थ्य सेवाबाट वञ्चित नागरिकहरूलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले स्वास्थ्य शिविर सञ्चालन गर्ने घोषणा गरिएको हो ।

परियोजना अन्तर्गत २०८२ साल जेष्ठ १ (२०२५ मे १५) देखि सुदूरपश्चिम प्रदेशको बाजुरा जिल्लाका गाउँपालिकाहरू हुँदै नेपालका विभिन्न गाउँपालिकाहरूमा स्वास्थ्य शिविर सञ्चालन गरिनेछ । कम्पनी रजिस्ट्रारको कार्यालय, काठमाडौँमा दर्ता भई समाज कल्याण परिषद्मा आवद्ध रहेको यस संस्थाको नेपालस्थित मुख्यालय काठमाडौँको सुन्धारामा रहेको छ ।

फाउण्डेसनले स्वास्थ्य, शिक्षा, बाल कल्याण, वातावरण संरक्षण तथा समुदाय विकासमा सुधार ल्याउने लक्ष्यका साथ विभिन्न परियोजनाहरू सञ्चालन गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्