सिरहामा दलितमाथि ज्यादती : गाउँपालिका अध्यक्षसहित तीन जनाविरुद्ध जातीय छुवाछूतमा जाहेरी दर्ता

<span class='c1'>सिरहामा दलितमाथि ज्यादती : गाउँपालिका अध्यक्षसहित</span> <span class='c2'>तीन जनाविरुद्ध जातीय छुवाछूतमा जाहेरी दर्ता</span>

सिरहा । सिरहाको औरहीमा महायज्ञका नाममा दलितमाथि ज्यादती घटनामा पीडित परिवारले प्रहरीमा जाहेरी दर्ता गराएका छन् ।

शनिबार दलितका अगुवासहित पुगेर पीडित परिवारले जिल्ला प्रहरी कार्यालय, सिरहामा जाहेरी दर्ता गराएका हुन् ।

औरही गाउँपालिका–५ का दलित समुदायका पीडित दीपक मल्लिकले दिएको जातीय भेदभाव तथा छुवाछूत सम्बन्धि कसुरको जाहेरीमा गाउँपालिका अध्यक्ष शिवजी यादव, पूर्ववडाध्यक्ष दिलीप यादव र बजरंगी बाबालाई प्रतिवादी बनाइएको छ । औरहीका स्थानीयसमेत रहेका राष्ट्रिय दलित आयोगका पूर्वसदस्य कबुली पासवानका अनुसार जाहेरीमा प्रतिवादीहरूले पीडित परिवारमाथि जातीय छुवाछूत गरेको, घर तोडफोड गरी विस्थापन गरेको भन्दै कानुन बमोजिम कारवाही हुनुपर्ने र पीडितलाई क्षतिपूर्ति दिइनुपर्ने माग गरिएको छ ।

पीडित परिवारको जाहेरी प्राप्त भएको र यससँगै कानूनी कारवाही प्रक्रिया अगाडि बढेको सिरहाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक रमेश पण्डितले जानकारी दिए । जातीय छुवाछूत सम्बन्धि कसुरमा ३ महिनादेखि ३ वर्षसम्म र ५० हजारदेखि २ लाखसम्म जरिवानाको कानुनी व्यवस्था छ ।
आउँदो चैत १७ गतेदेखि आयोजना हुने भनिएको महायज्ञका नाममा फागुन १० मा अछुत भन्दै महायज्ञस्थलमा रहेको मल्लिकको घर गाउँपालिका अध्यक्ष शिवजी यादव, पूर्ववडाध्यक्ष दिलीप यादव र बजरंगी बाबाले डोजर लगाएर भत्काइदिएका थिए ।
यस घटनामा गाउँपालिका अध्यक्ष र पूर्ववडाध्यक्षलाई शुक्रबार साँझ मात्रै प्रहरीले पक्राउ गरेको थियो । बजरंगी बाबा भने अझै फरार छन् । उनको खोजीकार्य भइरहेको जिल्ला प्रहरी कार्यालय, सिरहाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्