रौतहट एसईइ परीक्षा : ४ सय ६९ थान मोबाइल बरामद

<span class='c1'>रौतहट एसईइ परीक्षा : ४</span> <span class='c2'>सय ६९ थान मोबाइल बरामद</span>

रौतहट । रौतहटमा माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षामा सामेल परीक्षार्थीले बोकेका ४ सय ६९ थान मोवाइल बरामद गरिएको छ ।

विभिन्न परीक्षा केन्द्रमा चिट चोर्न प्रयोजनका लागि परीक्षार्थीहरुले आफ्नो शरीरमा मोबाइल लुकाइ छिपाइ परीक्षा हलभित्र प्रवेश गरेकोमा चेकजाँचका क्रममा फेला पारी बरामद गरिएको प्रहरीले जानकारी दिएको छ ।

जिल्ला प्रहरी कार्यालय रौतहटले आइतबार एक प्रेस नोट जारी गर्दै उक्त जानकारी दिएको हो । परीक्षा हलभित्र गार्डको रूपमा खटि आफ्नो जिम्मेवारी कुशलपूर्वक निर्वाह नगरेको र अमर्यादित क्रियाकलाप गरेका दुई जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता एवं डिएसपी दिपक कुमार रायले बताए ।

उनका अनुसार पक्राउ परेकाहरु सग आवश्यक अनुसन्धान कार्य भै रहेको छ । प्रहरीले कुन÷कुन परीक्षा केन्द्रबाट गार्डलाई नियन्त्रणमा लिएको खुलाएको छैन । परीक्षा संचालन भएको तीन दिनको अबधिमा १२ सय ३३ थान मोवाइल बरामद भैइसकेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

फोटो:फाइल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्