देशका १० लाख घरधुरीमा पुग्यो वर्ल्डलिङ्कको इन्टरनेट सेवा

<span class='c1'>देशका १० लाख घरधुरीमा</span> <span class='c2'>पुग्यो वर्ल्डलिङ्कको इन्टरनेट सेवा</span>

काठमाडौं । नेपालको सबैभन्दा ठूलो इन्टरनेट सेवाप्रदायक वर्ल्डलिङ्कले १० लाख ग्राहक पार गर्ने ऐतिहासिक उपलब्धि हासिल गरेको छ । योसँगै वर्ल्डलिङ्क १० लाख घरधुरीमा इन्टरनेट जडान पुर्‍याउने देशकै पहिलो सेवाप्रदायक बनेको छ ।

यस उपलब्धिको अवसरमा कम्पनीले १० जना भाग्यशाली ग्राहकलाई आईफोन १६ उपहार स्वरूप प्रदान गर्ने घोषणा गरिसकेको छ ।

कम्पनीले आफ्नो सामाजिक सञ्जालमार्फत ग्राहकहरूप्रति आभार व्यक्त गर्दै भनेको छ- “हामी हाम्रा अमूल्य ग्राहकहरूसँग यो अविस्मरणीय उपलब्धि मनाउन पाउँदा अत्यन्तै उत्साहित छौँ । सहरदेखि ग्रामीण भेगसम्म तपाईंहरूको विश्वासले नै हाम्रो यात्रा सम्भव भएको छ ।”

नेपाललाई डिजिटल रूपमा सबल बनाउने वर्ल्डलिङ्कको​ लक्ष्य छ । कम्पनीले अगाडि भनेको छ, “हाम्रो उद्देश्य सधैंभरि सबैलाई, जहाँसुकै, जस्तोसुकै समयमा पनि इन्टरनेट सेवामा जोड्नु हो । १० लाख घरधुरीसम्म पुग्नु हाम्रो डिजिटल नेपाल निर्माण गर्ने संकल्पको एउटा महत्वपूर्ण कोशेढुंगा हो ।”

कम्पनीले आफ्ना ग्राहकहरूलाई धन्यवाद दिँदै आगामी दिनमा अझ राम्रो सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

वर्ल्डलिंकले हालैमात्र दुई विधामा एसियन टेलिकम अवार्ड २०२५ समेत पाएको छ । करिब ३५ प्रतिशत ब्रोडब्यान्ड बजार हिस्सा ओगटेको कम्पनीले पाँच हजार बढीलाई रोजगारी दिएको छ ।

साथै देशका १४ हजार बढी स्थानमा वर्ल्डलिंकले निःशुल्क सार्वजनिक वाई-फाई उपलब्ध गराइरहेको छ । इन्टरनेट सेवासँगै समाजमा योगदान गर्ने विभिन्न सामाजिक उत्तरदायित्त्वका कार्यक्रमहरू पनि आयोजना भइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्