काठमाडौं । कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकले कृषि नीतिका सम्बन्धमा छलफल गरेको छ ।
सोमबार बसेको बैठकले कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा तर्जुमाको चरणमा रहेको कृषि नीतिका सम्बन्धमा सम्बन्धित विज्ञ व्यक्तित्वहरुसँग छलफल गरेको हो ।
उक्त बैठकमा बोल्दै कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले कृषि नीति अगाडि बढाउनका लागि मन्त्रालय गम्भीर रहेको बताए । उनले किसान वर्षभरी माटोमा खेल्छ, ६ महिना भन्दा बढी खान मिल्दैन त्यसैले हामी यो विषयमा सोच्नुपर्ने बताए । उनले भने, ‘कृषि नीति अगाडि बढाउनका लागि के गर्नुपर्ला त्यसका लागि ठोस नीति सुझावको रुपमा लान मन्त्रालय गम्भीर छ । जमिन छैन, मलबिउ छैन, तर गरिबीमा बाचेको छ । वर्षभरी माटोमा खेल्छ, ६ महिना भन्दा बढी खान मिल्दैन् । त्यसैले यस विषयमा सोचौं । मध्यम खालको जसले वर्षभरी खेती गर्छ, ऊ बाच्न सक्छ । त्यसका विषयमा पनि सोचौं । र तेस्रो कुरा व्यवसायिक किसानहरुको फेरीफेरीमा रहेर नीति बनाउन सक्यौं भने दौडिएर जता जान खोजेको हो त्यहाँ नपुगौंला, तर यसलाई कार्यान्वयन चरणमा व्यवस्थापन गर्न सक्छौं । नेपालले यति कल्पना गरे पुग्छ अहिलेको लागि ।’
उनले आयातको भरले बाँच्न नसकिने बताए । उनले सिंगो नेपाली बाँच्नको लागि आयातले मात्रै नहुने बताए ।