पर्यटन मन्त्रालय बृहत छ, स्रोत साधनको हिसाबले खुम्चिएको छ : मन्त्री पाण्डे

<span class='c1'>पर्यटन मन्त्रालय बृहत छ, स्रोत साधनको</span> <span class='c2'>हिसाबले खुम्चिएको छ : मन्त्री पाण्डे</span>

काठमाडौं । अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको कार्य प्रगतिबारे छलफल गरिएको छ ।

सोमबार बसेको पर्यटन समितिको बैठकले मन्त्रालयको कार्य प्रगति एवं आगामी आर्थिक बर्षको कार्यक्रम,योजना र रणनीति सम्बन्धमा छलफल गरेको हो ।

उक्त समितिको बैठकमा बोल्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले संस्कृतिको क्षेत्र, पर्यटनको क्षेत्र र नागरिक उड्डयनको क्षेत्र विषयगत हिसावले निकै वृहत रहेको बताए । उनले विषयगत हिसावले निकै वृहत भएपनि स्रोत साधनको हिसावले निकै खुम्चिएको बताए ।
उनले भने, ‘विशेषगरी यो तीनवटा क्षेत्र विषयगत हिसावले निकै वृहत छ संस्कृतिको क्षेत्र, पर्यटनको क्षेत्र र नागरिक उड्डयनको क्षेत्र । तर स्रोत साधनको हिसावले निकै खुम्चिएको देखिन्छ । अहिले हजारौं हजारौं निवेदनहरु मन्त्रालयमा, सचिवालयमा दर्ता भएका छन् । तर त्यसका निम्ती मन्त्रालयसँग सार्मथ्य छैन् । आवश्यकता सबैतिर होला, मन्दिर, गुम्बा मस्जिद लगायतका क्षेत्रको विकासको कुराहरु देखिन्छन् । एयरपोर्टहरु छन् तर पुगिरहेको अवस्था छैन । भएका ठाउँमा गुणस्तर सुर्धानुपर्ने अवस्था छ । टर्मिनल बनाउनुपर्ने लगायत विविध कामहरु गर्नुपर्ने देखिन्छ । यसो हुँदा पनि बजेटको अवस्था सामान्य छ ।’
यसैगरी मन्त्री पाण्डेले सुधारका पक्षहरु थुप्रै भएपनि मन्त्रालयमा बजेट कम रहेको बताए । उनले जुनजुन निकायले आफैं बजेट बनाउँछन् ति निकायसँग एकदिन समितिले छलफल गर्नुपर्ने समेत बताए ।

उनले भने, ‘जुनजुन निकायले आफैं बजेट बनाउँछन् ति निकायसँग एकदिन समितिले छलफल गर्दा सकारात्मक हुने विश्वास लिएको छु । नागरिक उड्डयनको क्षेत्रमा नेपाल एयरलायन्सलाई सुचारु बनाउने सन्दर्भमा पनि गहन छलफलमै छौं । प्लेन नथपिकन कुनै उपाय नै छैन । १० वटा देशभित्रै चल्ने प्लेन र १० वटा वाइडबडि र १० वटा न्यारोबडी भइदिएको भए मात्रै अहिले जति पनि ठाउँमा आवश्यक्ता छ त्यो पूरा हुने थियो भन्ने छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्