वीरगन्जको भन्सार क्षेत्रबाट स्रोत नखुलेको १० लाख रुपैयाँसहित एक जना पक्राउ

<span class='c1'>वीरगन्जको भन्सार क्षेत्रबाट स्रोत नखुलेको १०</span> <span class='c2'>लाख रुपैयाँसहित एक जना पक्राउ</span>

रौतहट । पर्सा सशस्त्र प्रहरीले एक युवकलाई १० लाख रुपैयाँसहित पक्राउ गरेको छ ।

वीरगन्जको भन्सार क्षेत्रबाट सशस्त्र प्रहरीले स्रोत खुल्न नसकेको रकमसहित वीरगन्ज महानगरपालिका वडा नम्बर १७ अलौंका २९ बर्षीय प्रदीपकुमार साहलाई पक्राउ गरेको हो ।

सशस्त्र प्रहरी नायब उपरीक्षक लोकेन्द्र सुब्बाका अनुसार सशस्त्र प्रहरीले वीरगन्ज–१६ स्थित भन्सार कार्यालय अगाडि बीआर २२ बीजी १४०८ नम्बरको भारतीय मोटरसाइकललाई रोकेर चेकजाँच गर्दा त्यसमा सवार साहको साथबाट रकम बरामद भएको छ ।
रक्सौलबाट वीरगन्ज आँउदै गरेको अवस्थामा साह को साथबाट १० लाख ५ हजार नेपाली रुपैयाँ बरामद भएको उनले जानकारी दिए ।
बरामद रकमको श्रोत साहले खुलाउन नसकेपछि उक्त रकम र मोटरसाइकलसहित साहलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वीरगन्ज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी पर्साले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्

slide 3 of 2