हाम्रो कर्मचारीले तलब पाएन भने सबैलाई टुकुचामा गाडदिन्छु: मेयर बालेन

<span class='c1'>हाम्रो कर्मचारीले तलब पाएन भने</span> <span class='c2'>सबैलाई टुकुचामा गाडदिन्छु: मेयर बालेन</span>

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयरले बालेन शाहले सामाजिक सञ्जालमा दिएको चेतावनीपूर्ण अभिव्यक्तिले सनसनी मच्चाएको छ।

उनले महानगरपालिकाका सरसफाई कर्मचारीहरूले विगत तीन महिनादेखि तलब नपाएको र यसमा सरकारको दम्भ कारक रहेको आरोप लगाएका छन्।

सोमबार बेलुका मेयरले आफ्नो फेसबुक पेजमा लेखेका छन्, "काठमाडौं महानगरपालिकाको सरसफाई कर्मचारीले बिगत ३ महिना देखी तलब पाको छैन, सरकारको दम्भले! को कोले के के आन्दोलन गर्ने हो, मलाई थाह छैन, अबको एक हप्तामा हाम्रो कर्मचारीले तलब पाएन भने सबैलाई टुकुचामा गाडदिन्छु! त्यो पछी हेरौँला तिमी हरुको के के तन्त्र हो!!"

प्रमुख प्रशासकीय अधिकृतलाई लिएर महानगर र सरकारबीच मनमुटाव चल्दै आएको थियो। दुवैले काठमाडौंले प्रशासकीय अधिकृत नपाउनुमा एक अर्कालाई दोष दिँदै आएका छन्।

फोटो:फाइल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्