इन्दु साह
विराटनगर । ट्राफिक प्रहरीले आकस्मिक चेकिङमा पक्राउ परेका कतिपय मोटरसाइकल लिन फर्केर धनी नआउने गरेका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालयमा यसरी पक्राउ परेका मोटरसाइकल लिन नआएर अझै पनि २० वटा मोटरसाइकल त्यसै थन्किएका हुन् ।
यी सवारीहरु ट«ाफिक चेकिङका क्रममा विभिन्न स्थानबाट नियन्त्रणमा लिईएको हो । कार्यालयका प्रमुख राजन लम्सालका अनुसार सवारी धनीहरू आवश्यक पर्ने कागजपत्र पेस गर्न र जरिवाना तिर्न नआउँदा यी सवारीसाधनहरू थन्किएका छन् । सवारी सुरक्षा चेकजाँचका क्रममा कागजात पेस गर्न नसक्दा तथा ट्राफिक नियम उल्लंघन तथा मादक तथा लागुऔषध सेवन गरेका अवस्थामा भेटिएका चालकको सवारी नियन्त्रणमा लिएर राख्ने गरेका छन् । त्यसको जरिवाना असुल गर्नुपर्ने र नियमानुसार कागजातसहित सम्बन्धित धनी उपस्थित भएपछि फिर्ता दिनुपर्ने सवारी कतिपयले पक्राउ परेपछि लिन नआउने गरेका हुन् ।
नियन्त्रणमा लिइएका सवारी कागजात लिएर तत्कालै भोलिपल्ट वा पर्सिपल्ट लिन पुग्नेहरु पनि हुन्छन् । तर, कतिपय त सवारी पक्राउ परेपछि फर्केर पुग्दैनन् । कार्यालयले एक वर्ष वा ६ महिनाको अवधिमा सार्वजानिक सूचना जारी गरी सवारी धनीलाई सम्पर्क गर्न आह्वान समेत गर्दछ । सार्वजानीक सुचना जारी गर्दा नियन्त्रणमा भएका सवारीहरुको नम्बर समेत खुलाईएको हुन्छ । तर, पनि कतिपय सवारीका धनी पुग्दैनन् ।
यदि निश्चित समयसम्म कोही सम्पर्क गर्न नआएमा सवारीसाधनहरू भन्सार कार्यालयलाई बुझाइने गरिएको प्रमुख लम्सालको भनाई छ। भन्सार छली गरी ल्याएको सवारीसाधन होकी भन्ने आशंकामा दाखिला गरिने गरिएको हो । सवारी धनीहरूले कागजपत्र पेस गर्न नसक्दा आफ्ना सवारीसाधन नलगेका हुन् । केही सवारी धनीहरू भने नियन्त्रणमा लिइएको महिनौंपछि मात्र सम्पर्कमा आउने गर्दछन् ।
लम्साल भन्छन् सवारी साधन ट«ाफिक प्रहरीले नियन्त्रणमा लिन मिल्दैन तर सवारी चलाकले सवारी सम्बन्धि नियम उल्लंघन गरेमा चिट काट्न नमानेको खण्डमा सवारी नियन्त्रणमा लिनु पर्दछ । सवारी फिर्ता लैजान कार्यलयले सवारी धनीको दावी गर्ने व्यक्तिले आवश्यक कागजात पेश नै नगर्दा भने वेवारिसे हुन्छन् । यसरी नियन्त्रणमा लिएका सवारी के कसरी ती व्यक्तिसँग पुग्यो भन्ने कुरा भने अहिलेसम्म बाहिर आएको छैन ।