शान्ति प्रक्रिया हामीले सुरु गरेका हौं, टुंगोमा पुर्याउँछौं : प्रधानमन्त्री ओली

<span class='c1'>शान्ति प्रक्रिया हामीले सुरु गरेका हौं,</span> <span class='c2'>टुंगोमा पुर्याउँछौं : प्रधानमन्त्री ओली</span>

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा शान्ति प्रक्रिया आफैँले सुरू गरेको दाबी गरेका छन् ।

बिहीबार काठमाडौंमा आयोजित नेपालको संक्रमणकालीन न्याय प्रक्रिया तथा द्वन्द्व पीडितहरूको सत्य, न्याय र परिपूरणीय अधिकारसम्बन्धी राष्ट्रिय सम्मेलनमा बोल्दै प्रधानमन्त्री ओलीले शान्ति प्रक्रिया आफैँले सुरू गरेको भएपनि आफू श्रेयको भोको नरहेको बताए ।

उनले भने, ‘नेपालमा शान्ति प्रक्रिया आफैँले सुरू गरेका छौं । आफैंले गरेर अगाडि बढाएका हौं । कसले श्रेय लिने हो भन्ने कुरा छाडौं । म यसलाई सफलमात्रै पार्न चाहन्छु । श्रेय जति मबाहेक सबैलाई दिन चाहन्छु । मलाई श्रेयको भोक छैन् । श्रेय चाहिएन सफल पारौं । पीडितका घाउमा मल्हम लगाउँ ,उहाँहरुको आँशु पुसौं ।’

त्यस्तै उनले ठूला तीन दल मिल्ने हो भने शान्ति प्रक्रियालाई टुङ्गो लगाउन सकिने पनि धारणा राखे ।
‘वास्तवमा हामी मिल्यौं भने यसलाई टुङ्ग्याउन नसक्ने कुरा छैन् । पीडितलाई न्याय दिन नसकिने भन्ने छैन् । सकिन्छ ,सक्नुपर्छ र हामी सक्छौं पनि । प्रधानमन्त्रीको हैसियतले यो भन्न चाहन्छु ।’

त्यस्तै प्रधानमन्त्री ओलीले आयोगहरु सलबलाउन नसक्नु दुर्भाग्यको कुरा रहेको पनि बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्

slide 3 of 2